सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु


  •    न्युजभित्तो/२४ असार २०८३, बुधबार १४:१७ 
  • रौतहट, २४ असार । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन साहको मृत्यु भएको छ ।

    औरैयास्थित ८० वर्षीय ससुरा रामबहादुर साहको घरमा बस्दै आएका ईशनाथ नपा–१ बन्जरहाका ६० वर्षीय साहको मृत्यु भएको र टाउकोमा चोट लागेका वृद्ध ससुराको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट पिठ्युमा गम्भीर चोट लागेका साहलाई प्रादेशिक अस्पताल गौर पुर्याइएकामा चिकित्सकले मङ्गलबार राति मृत्युको घोषणा गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले चक्कु प्रहार गर्ने २६ वर्षीय राममहेश्वर साह र निजका बाबु ६३ वर्षीय रामाऔतार साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

    स्थानीयका अनुसार जग्गाको स्वामित्वलाई लिएर लामो समयदेखि भएको विवादले उग्ररूप लिँदा लामो समयदेखि ससुराली घर बस्दै आएका साहको मृत्यु भएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.