सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना


  •    न्युजभित्तो/२४ असार २०८३, बुधबार ११:५० 
  • म्याग्दी, २४ असार । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत ब्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत दग्नामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो ।

    सङ्घीय सरकारले विनियोजन गरेको रु तीन करोड बजेटबाट दग्नाम गाउँको फेदी, कान्छीगाउँको फेदी पानाकोट र कुम्माखोलाको किनारमा तटबन्ध निर्माण भएको रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले बताउनुभयो । “भिरालो पाखामा रहेको दग्नाम गाउँ पहिरो र कम्माखोलाको कटान जोखिममा परेको थियो”, उहाँले भन्नुभयो, “ग्यावियन पर्खाल र तटबन्ध गरेपछि पहिरो, बाढी र कटानको जोखिममा घटेको छ ।”

    एक सयभन्दा बढी घरपरिवारको बसोबास रहेको दग्नामका बासिन्दाले योजना निर्माणपछि सुरक्षित महसुस गरेका वडाध्यक्ष गर्बुजाले बताउनुभयो । रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै दर्मीजा, चिमखोला, कुइनेमङ्गले जोड्ने सडकलाई पनि सुरक्षित बनाएको छ । उक्त योजना निर्माणका लागि रु दुई करोड २५ लाख ६९ हजार ९२९ मा हिमालयन कन्ट्रक्सन÷ताण्डपेश्वर÷हिमालयन बिल्डर्स जेभीले २०८२ साल फागुन २९ गते ठेक्का सम्झौता गरेको थियो ।

    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले योजनामार्फत तीन हजार ७५३ घनमिटर ग्यावियन पर्खाल निर्माण गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । यही असार १९ गतेसम्मको ठेक्काको म्याद रहेको आयोजना निर्धारित समयअगावै सम्पन्न भएको उहाँले बताउनुभयो ।

    निर्माण कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद सम्झौतालगत्तै निर्माण सामग्री व्यवस्थापन, मजदुर र उपकरण परिचालन गरेर निर्धारित समयअघि नै योजना सम्पन्न गरी जिम्मेवारी पूरा गरेको बताउनुभयो । स्थानीय जनप्रतिनिधि र समुदाय, आयोजना कार्यालयले सहजीकरण र समन्वय गरेकाले समयमै योजना सम्पन्न गर्न सफल भएको उहाँले बताउनुभयो ।

    त्यसैगरी, सङ्घीय सरकारको रु दुई करोड ३९ लाख लगानीमा रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम–दर्मीजा–चिमखोला–घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ९०० मिटर ढलान गरेर पक्की बनाइएको छ । दग्नाम, दर्मीजा, चिमखोला, घ्याँसीखर्क, मङ्गलेखानी, चौरखानी र पात्लेखर्क गाउँका बासिन्दा लाभान्वित भएका वडाध्यक्ष गर्बुजाले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.