सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती


  •    न्युजभित्तो/२३ असार २०८३, मंगलवार १६:४५ 
  • कञ्चनपुर, २३ असार । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले स्वचालित सडकबत्ती जडानको काम सुरु गरिएको छ ।

    चालु आर्थिक वर्ष २०८२÷८३ को संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)अन्तर्गत शुक्लाफाँटा नगरपालिकाको निकुञ्जसँग जोडिएका वडामा १०८ थान स्वचालित सडकबत्ती जडान कार्य अघि बढाइएको हो ।

    निकुञ्जबाट बस्तीमा प्रवेश गर्ने जङ्गली हात्तीका कारण हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।

    प्रदेशसभा सदस्य बहादुरसिंह थापाले बत्ती जडान कार्यले निकुञ्ज आसपासका बस्तीमा रातिको समयमा पर्याप्त उज्यालो हुँदा जङ्गली हात्तीको गतिविधि समयमै थाहा पाउन सकिने, स्थानीयवासीले आवश्यक सतर्कता अपनाउन सक्ने तथा जनधनको क्षति न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । बत्ती जडानका लागि आवश्यक सबै सामग्री हस्तान्तरण भइसकेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.