सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानलाई अनुदानमा कृषि उपकरण


  •    न्युजभित्तो/२३ असार २०८३, मंगलवार १६:३८ 
  • तनहुँ, २३ असार । यहाँस्थित किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ । घिरिङ गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कम्वाइन मिल र हाते ट्रयाक्टर वितरण गरिएको हो । 

    पालिकाको रु ७५ लाख र किसानको ७५ लाख गरी रु एक करोड ५० लाखका लागतमा कृषि उपकरण खरिद गरिएको पालिकाका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो ।

    किसानका माग बमोजिम नौ हर्षपावरका १२० र सात हर्षपावरका ६० वटा हाते ट्रयाक्टर वितरण गरिएको छ । अध्यक्ष थापाले यसवर्ष १८० वटा हाते ट्रयाक्टर र कुटानी पिसानीका लागि १०० कम्वाइन मिल पनि वितरण गरिएको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “गतवर्ष पनि कृषि उपकरणका लागि गाउँपालिकाले रु ७० लाख विनियोजन गरेको थियो ।” घरै पिच्छे कृषि यन्त्रिकरण भएपछि खेतबारी जोत्न छिटोछरितोका साथै कम जनशक्तिमा धेरै क्षेत्रफलमा खेती गर्न सहज भएको छ । 

    गाउँपालिकाभित्रका जग्गा बाँझो नराख्ने गरेको भेटिए पनि बाँदर आतङ्कका कारण किसानले सास्ती खेप्नुपरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । 

    गाउँघरमा कृषि यन्त्रिकरण भित्रिएसँगै गोरु पाल्ने परम्परा हराउँदै गएको छ । रासस    

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठमेलमा बढे भारतीय पर्यटक
    कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ: कृषिमन्त्री चौधरी
    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
    • आमाको दूध प्रतिस्थापन गर्ने कृत्रिम वस्तु बिक्रीमा निषेध
    • हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती
    • किसानलाई अनुदानमा कृषि उपकरण
    • गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.