सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका


  •    न्युजभित्तो/२३ असार २०८३, मंगलवार १६:३० 
  • काठमाडौँ, २३ असार । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ ।

    कामपा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै वर्गीकरण गरी मात्रा घटाउने विधि र प्रक्रियालाई कार्यान्वयन गर्दै लगेको जानकारी दिनुभयो ।

    कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “ल्यान्डफिल साइट र त्यस क्षेत्रसँग सम्बन्धित पूर्वाधार र सामाजिक क्षेत्रका कार्यक्रमका लागि कामपाले वार्षिक करिब रु एक अर्ब खर्च गरेको छ । पछिल्लो समय महानगरपालिकाले विभिन्न स्थानमा सहरबाट उत्पादित फोहरलाई स्रोतमै वर्गीकरणमात्र घटाएर ल्यान्डफिल साइट पुर्याउने कार्यलाई प्राथमिकता दिएको छ ।

    फोहरको भारका आधारमा उपत्यकाका स्थानीय तहबाट वित्तीय साझेदारीको अपेक्षा गरिएको जनाउँदै महानगरपालिकाले यसबाट स्थानीय तहलाई आफूले उत्पादन गरेको फोहर व्यवस्थापनमा अपनत्वबोध गराउने स्पष्ट पारेको छ ।

    महानगरपालिकाले फोहरको भारका आधारमा वित्तीय साझेदारीको अवधारण अघि सारेको छ । काठमाडौँ महानगरपालिका क्षेत्रमा तुलनात्मक रूपमा धेरै फोहर उत्पादन हुने भएकाले करिब ५० प्रतिशत वितीय जिम्मेवारीको हिस्सा लिन आफूहरू तयार रहेको कार्यवाहक प्रमुखले स्पष्ट पार्नुभएको छ ।

    साइटको आयु बढाउन फोहर वर्गीकरण, पुनःप्रयोग, पुनःचक्रीय प्रयोग विधिको प्रवर्द्धनका विषयमा कुराकानी भएको थियो । हाल काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङका स्थानीय तहमा उत्पादन भएको फोहर व्यवस्थापन बञ्चरेडाँडामा भइरहेको छ ।

    सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर रवीन्द्र बोहोरासहितका पदाधिकारी र वातावरण व्यवस्थापन विभागका अधिकारीसँग बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन के–कस्तो उपाय र प्रविधि प्रयोग गरी फोहर व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे छलफल भएको महानगरपालिकाले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.