सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आधुनिक बाल उद्यान


  •    न्युजभित्तो/२३ असार २०८३, मंगलवार १५:४६ 
  • पर्वत, २३ असार । बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पु¥याउने उद्देश्यले पर्वतमा आधुनिक बाल उद्यान निर्माण गरिएको छ । 

    दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकालाई लक्षित गर्दै जिल्लामै पहिलो र एकमात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ (बाल उद्यान) निर्माण गरिएको हो । गाउँपालिका, गण्डकी प्रदेश सरकार र पैंयू गाउँपालिका–५ कार्यालयको त्रिपक्षीय लगानीमा बाल उद्यान निर्माण गरिएको हो । 

    गण्डकी प्रदेश सरकारको रु दश लाख, स्थानीय वडा कार्यालयको रु चार लाख र पैंयूँ गाउँपालिकाको रु एक लाख गरी रु १५ लाख लगानीमा बालउद्यान निर्माण भएको पैंयू गाउँपालिका–५ का अध्यक्ष नारायण भुर्तेलले जानकारी दिनुभयो । 

    पार्क निर्माण भएपछि ग्रामीण क्षेत्रका रहेका बालबालिकाहरुलाई विभिन्न प्रकारका खेल खेल्न, घुम्न, मनोरञ्जन लिनका लागि सहज हुने वडा अध्यक्ष भुर्तेलले बताउनुभयो । भुर्तेलले भन्नुभयो, “गाउँका बच्चाले पनि सहर वा विदेशका बालबालिकाजस्तै खेल्न, हाँस्न र रमाउन पाउनुपर्छ भन्ने अठोटका लगानी गरी पार्क निर्माण गरिएको हो  ।”

    गाउँपालिकाकै एकमात्र यस पार्कले स्थानीय मात्र नभई वरपरका अन्य गाउँ र बजार क्षेत्रका बालबालिकालाई समेत समेट्ने र उनीहरूलाई एकै ठाउँमा जोडिने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

    नवनिर्मित चिल्ड्रेन पार्कलाई चाँडै नै एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरी बालबालिकाका लागि खुला गरिने वडा कार्यालयले जनाएको छ ।  

    बालबालिकाका लागि विभिन्न खेल खेल्ने र मनोरञ्जन लिने तथा अध्ययनका लागि विभिन्न उपकरण र सामाग्री राखिएको छ । 

    यसैबीच पैंयू गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले उक्त पार्कलाई पर्यटकीय आकर्षणका लागि अन्य भौतिक संरचना थप गर्न पालिकाले आवश्यक लगानी गर्दै जाने बताउनुभयो ।  

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.