सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण


  •    न्युजभित्तो/२३ असार २०८३, मंगलवार १४:४३ 
  • काठमाडौँ, २३ असार । पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने निकासी रोकथामका लागि दुईदिने चेतनामूलक अभिमुखीकरण सुरु गरेको छ ।

    सांस्कृतिक एवं पुरातात्विक सम्पदाको क्षेत्रमा काम गर्ने निकायका लागि आजदेखि सुरु भएको कार्यक्रम बुधबारसम्म चल्ने विभागका प्रवक्ता सन्दीप खनालले जानकारी दिनुभयो ।

    कार्यक्रममा सांस्कृतिक एवं पुरातात्विक सम्पदाका चोरी निकासीका विषयमा केन्द्रित भएर तयार पारिएका छवटा प्रस्तुतिकरण गरिने उहाँले बताउनुभयो ।

    समारोह शुभारम्भ गर्नुहुँदै विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले चोरी भएका मूर्तिमध्ये ४०९ वटाको निवेदन प्राप्त भएको जानकारी दिनुभयो । चोरीमध्ये ९६ वटा देशभित्रबाट प्राप्त भएको छ । विदेशबाट २०३ फिर्ता भएका छन् । ९५ वटा मूर्ति विदेशबाट फिर्ताको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।

    चोरी भएका मूर्ति सम्बन्धित स्थानमै प्रतिस्थापन गर्न विभिन्न खालका चुनौती भएकाले त्यसलाई सम्बोधन गर्न कार्यविधि तयार पारिएको विभागले जनाएको छ । कार्यालयले तयार पारेको मस्यौदामाथि बुधबार सरोकार भएका निकायबीच छलफल गरी अन्तिम रूप दिइने महानिर्देशक प्रधानाङ्गले जानकारी दिनुभयो ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.