सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वी नेपालको पर्यटन पर्वद्धनमा महिला व्यवसायी सक्रिय


  •    न्युजभित्तो/२२ असार २०८३, सोमबार १७:३२ 
  • काठमाडौँ, २२ असार । पूर्वी नेपालको पर्यटन परवद्र्धन गर्ने उद्देश्यका साथ महिला व्यवसायीले अभियान सुरु गरेको जनाएका छन् । 

    नेपाल पर्यटन बोर्डको सहकार्यमा महिला पर्यटन व्यवसायी सञ्जालले पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा परवद्र्धनात्मक भ्रमण तथा अन्तरक्रिया गरेको छ । महिला व्यवसायीहरुले यही असार १८ देखि २१ गतेसम्म पूर्वी नेपालको विभिन्न गन्तव्यको भ्रमण गरेका थिए । 

    पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीले कोशी प्रदेशका नयाँ तथा स्थापित पर्यटकीयस्थलको अवलोकन गर्दै स्थानीय सरोकार भएका व्यक्ति तथा समुदायसँग छलफल गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।  

    भ्रमणका क्रममा स्थानीय सरकार, पर्यटन व्यवसायी, घरबास कार्यक्रमका सञ्चालक र स्थानीय समुदायसँग पर्यटन विकासका चुनौती र आगामी रणनीतिका विषयमा संवाद गरेको थियो ।

    इलामको प्रमुख पर्यटकीयस्थल श्री अन्तुमा आयोजित कार्यक्रममा सञ्जालकी अध्यक्ष जया बरालले कोशी प्रदेश प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा नेपालकै समृद्ध क्षेत्र भएको बताउनुभएको बोर्डले जनाएको छ । 

    “पूर्वी नेपालको सौन्दर्यलाई स्थानीय कृषि, संस्कृति र जीवनशैलीसँग जोडेर ‘एग्रो–टुरिजम’का रूपमा विकास गर्न आवश्यक छ, यसले नेपालको ग्रामीण अर्थतन्त्र अझ सशक्त बन्नेछ,” उहाँले भन्नुभयो । प्रत्येक स्थानीय तहले आफ्ना मौलिक विशेषता पहिचान गरी एकीकृत पर्यटन ‘प्याकेज’ निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।

    अन्तु पर्यटन व्यवसायी सङ्घकी कोषाध्यक्ष कञ्चना बरालले नेपालकै पहिलो सूर्योदय देखिने अन्तु क्षेत्रमा न्यून बजेटका होमस्टेदेखि उच्चस्तरीय तारे होटलसम्मको सुविधा उपलब्ध भइसकेको जानकारी दिनुभयो । उहाँले पर्यटकीय पूर्वाधार निर्माणमा सरकारी बजेट बढाउन र स्पष्ट पर्यटन नीति ल्याउन सरकारसँग माग गर्नुभयो ।

    यस्तै, अन्तुडाँडा सामुदायिक ‘होमस्टे’का अध्यक्ष धनकुमार आलेले पूर्वी नेपालका गाउँमा पर्यटन विस्तारका लागि होमस्टे सञ्जाललाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो । 

    सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष उर्गेन बम्जनले स्थानीय सरकारले पर्यटनलाई विकासको मुख्य आधार मानेर सडक, पदमार्ग र अन्य पूर्वाधारमा लगानी गरिरहेको बताउनुभयो । 

    चालु आर्थिक वर्षमा पर्यटन विकासका लागि बजेट विनियोजन गरिएको र महिला तथा स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँको भनाइ थियो ।

    काठमाडौँबाट सुरु भएको पर्वद्र्धनात्मक भ्रमण टोलीले कोशी ब्यारेज, झापा, इलामको श्रीअन्तु र बराहक्षेत्रलगायत गन्तव्यको अवलोकन गरेको थियो । उक्त अभियानले नयाँ गन्तव्यको प्रचारप्रसारका साथै महिला उद्यमशीलता र दिगो पर्यटन विकासमा ठूलो सहयोग पुग्ने बताइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वी नेपालको पर्यटन पर्वद्धनमा महिला व्यवसायी सक्रिय
    सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे
    स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ: स्वास्थ्य मन्त्री
    • बागलुङको तरकारी पोखरामा बिक्री
    • लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छः उपत्यका प्रहरी प्रमुख
    • ‘असारे घाँसे जुहारी’ सार्वजनिक
    • राष्ट्रियसभा: दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.