सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागलुङको तरकारी पोखरामा बिक्री


  •    न्युजभित्तो/२२ असार २०८३, सोमबार १७:२६ 
  • गलकोट (बागलुङ), २२ असार ।  ढोडेनीका किसान त्रिलोचन सापकोटाले उत्पादन गरेका खुर्सानी र तरकारी पोखरामा बिक्री गर्दै आएका छन् ।  

    सापकोटाले उत्पादन गर्नुभएको पिरो खुर्सानीको माग पोखाराबाट भएको छ । उहाँले १५ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी र फलफूलखेती खेती पनि गर्नुभएको छ । 

    पाँच वटा हाइटेक टनेलसहित खुला जग्गामा काक्रो, भेन्टा, धनिया, सिमी, बोडीलगायत तरकारी बिक्रीबाट सापकोटाले वार्षिक रु १८ लाख आम्दानी गर्दै आउनुभएको छ । 

    “पहिलो पटक आफ्नो कृषि उत्पादन पोखरा पुगेको छ, पाँच रोपनी जग्गामा मात्रै खुर्सानीखेती लगाएको छु, यस सिजनमै खुर्सानीबाट दुई लाख ५० हजार देखि तीन लाखसम्म आम्दानी हुने देखियो”, सापकोटाले भन्नुभयो । 

    “खुर्सानीको उत्पादन धेरै भएपछि बागलुङ बजारमा खपत नभएकाले पोखराको बजारमा खुर्सानी पठाउन थालेको छु, अहिले काक्रो, केरा, धनिया र भेण्टाको उत्पादन बढेका । दैलोमै कालोपत्र सडक आएपछि ढुवानीको समेत समस्या छैन”, सापकोटाले भन्नुभयो । 

    पोखरामा ५००, बागलुङमा ४०० केजी खुर्सानी बिक्री भइसकेको छ । तीन महिना लगातार खुर्सानीको उत्पादन भइरहेको उहाँले बताउनुभयो । 

    हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत नमूना कृषि फर्म सञ्चालन गर्दै आउनुभएका सापकोटाले पाखो जग्गामा थप केराखेती सुरु गर्नुभएको छ । 

    कालीगण्डकी पशुपालन तथा कृषि फर्ममार्फत ३४ वर्षदेखि बाबुको पदचाप पछ्याउँदै तरकारीखेतीमा लागि परेका सापकोटाले गाईभँैसी पालनमार्फत दैनिक ३० लिटर दूध बिक्री गर्दै आउनुभएको छ ।  

    दुई जनालाई रोजगारी दिनुभएका उहाँले तरकारी खेतीबाटै दुई छोरालाई उच्च शिक्षा अध्ययनका लागि अमेरिका र अष्टे«लिया पठाउनुभएको छ । 

    कृषिमा भित्रिएको प्रविधिका कारण मौसमी र बेमौसमी तरकारी, काँक्रो, टमाटर, माछा, केरा र दुध बिक्रीबाट वार्षिक रु १८ लाखसम्म आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “यही कमाइबाट छोरालाई उच्च शिक्षासम्म अध्ययनका लागि अमेरिका र अष्ट्रेलिया पठाएको छु, पढाइ सकेर स्वदेशमै आउन सल्लाहसमेत दिएको छु, आम्दानीबाट मल, बीउ, कर्मचारी र अन्य खर्च कटाएर १२ लाख त बचतै हुने गरेको छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वी नेपालको पर्यटन पर्वद्धनमा महिला व्यवसायी सक्रिय
    सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे
    स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ: स्वास्थ्य मन्त्री
    • बागलुङको तरकारी पोखरामा बिक्री
    • लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छः उपत्यका प्रहरी प्रमुख
    • ‘असारे घाँसे जुहारी’ सार्वजनिक
    • राष्ट्रियसभा: दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.