सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘असारे घाँसे जुहारी’ सार्वजनिक


  •    न्युजभित्तो/२२ असार २०८३, सोमबार १४:२१ 
  • काठमाडौँ, २२ असार । असार आफैँमा खेत जोत्ने, खन्ने र धान रोप्ने चटारोको महिना । यो बर्खामा कृषकको उत्सवलाई अझै रोचक बनाउन कलाकार राजेश ढकालले ‘असार १६, मौलिक असारे घाँसे जुहारी’ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ ।

    असारे भाकाको मौलिक गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ढकालले प्रत्येक वर्ष असारे गीत सिर्जना गर्दै आउनुभएको छ । यसपालिको असारे गीतमा भने वैदेशिक रोजगारका लागि बाध्यताले गाँउघर र परिवार छोडेर जानुपर्ने बाध्यात्मक युवाको पीडा समेटिएको छ । 

    विदेशिएका युवा असारे खेती गर्न बिदा मिलाएर फर्किएको प्रशंसा देखाउँदै किसानको जीवन र असारे महिनाको सांस्कृतिक उत्सव गीतमा रचनात्मक ढङ्गले प्रस्तुत गरिएको छ । 

    ढकालले खेतमा धान रोप्दै युवायुवतीले देशको गरिबी, बेथिति, आर्थिक अभाव अन्त्य गर्ने जस्ता समसामयिक विषय गीतमा समेट्नु भएको छ । गीतकार ढकालकै शब्द र सङ्गीत रहेको म्युजिक भिडियोमा सरोज लामिछाने, सुरु गौतम र कोपिला तामाङ वाइबाको स्वर रहेको छ ।

    त्यस्तै, मिलन श्रेष्ठको निर्देशन रहेको उक्त सिर्जनामा सरोज, सरु, कोपिलासहित पशुपति दाहाल, रामेश्वर ढुङ्गाना, सन्तोषी ढुङ्गाना, सुरज नेपाल, रोशन नेपाल, दीपक नेपालीले अभियन गर्नुभएको छ ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.