सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’


  •    न्युजभित्तो/२२ असार २०८३, सोमबार १२:४४ 
  • मान्म (कालीकोट), २२ असार । विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै  प्रयोगलाई कम गर्ने उद्देश्यले आज कालीकोटमा ‘विषादी जोखिम न्यूनीकरण’ अभियान सञ्चालन गरिएको छ ।

    जिल्ला कृषि विकास कार्यालय कालीकोटको सक्रियतामा स्थानीय कृषकको खेतबारीसम्म पुगेर र बजार अनुगमनलाई तीव्रता पार्दै यहाँ ‘विषादी जोखिम न्यूनीकरण’ अभियान प्रभावकारी रुपमा सञ्चालन गरिएको छ ।   रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर देखिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा रत्नवीर सुनारले बताउनुभयो ।

    “विषादीका कारण क्यान्सर, कलेजो तथा मिर्गौलामा क्षति, ट्युमर, प्रजननसम्बन्धी समस्या, स्नायु प्रणालीमा असर, छालामा एलर्जी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने गरेको छ”, उहाँले भन्नुभयो । विषादी नियन्त्रण गर्दै सुरक्षित, स्वच्छ र पोषणयुक्त खाद्य उत्पादन तथा उपभोगलाई प्रवर्द्धन गर्न तत्तत् निकायसँग  सहकार्य आवश्यक रहेको जिल्ला समन्वय प्रमुख धनजितबहादुर शाहीले बताउनुभयो ।

    “जैविक विविधताको संरक्षण, स्वस्थ जीवनशैलीको विकास र जनचेतना अभिवृद्धिका लागि विषादी व्यवस्थापनसम्बन्धी अभियानलाई निरन्तर सञ्चालन गर्नुपर्छ”, उहाँले भन्नुभयो । विषादीको प्रयोग हुन नदिन र पोषण प्रवर्द्धनलाई प्रभावकारी बनाउन स्थानीय तह, कृषि तथा स्वास्थ्य क्षेत्रसँग समन्वय गरी समुदायस्तरमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने गरेको खाडाँचक्र नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुव बरालले बताउनुभयो । 

    “विषादीका प्रयोग रोक्नका लागि जनचेतनामूलक अभियान र ओसारपसारमा कडाइ गर्नुपर्छ”, उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले  खाद्यबालीमा जथाभावी विषादीको प्रयोग नगर्न अभियानमार्फत सबैलाई आग्रह गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.