सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुवा संरक्षण चारकुनेवासी


  •    न्युजभित्तो/२२ असार २०८३, सोमबार १२:३६ 
  • तनहुँ, २२ असार । व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण र जगेर्नामा लागेका छन् ।

    वर्षौंदेखि गाउँको मुख्य खानेपानी स्रोतका रूपमा रहेको पड्के पानी कुवा मर्मत एवं संरक्षण कार्यमा स्थानीयले सामूहिक श्रमदान गरेका हुन् ।

    कुवाको सरसफाइ, मर्मतसम्भार तथा वरपरको वातावरण संरक्षणका लागि स्थानीयले सामूहिक रुपमा पाँच दिनसम्म श्रमदान गरेका पड्के पानी कुवा मर्मत एवं संरक्षण समितिका अध्यक्ष एसबी नेपालीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार गाउँका ज्येष्ठ नागरिकदेखि युवा र महिलासम्मको सक्रिय सहभागिताले संरक्षण अभियानलाई थप प्रभावकारी बनाएको छ । पछिल्लो समय समुदायमा गरिने विकास निर्माण तथा सरसफाइलगायतका कार्यमा स्थानीयवासीले सक्रियता देखाउँदै आएका छन् ।

    कुवाको पानी स्वच्छ र सुरक्षित राख्न नियमित सरसफाइ, घेराबार निर्माण तथा फोहर व्यवस्थापनमा विशेष ध्यान दिइएको चारकुने टोल विकास संस्थाकी अध्यक्ष भगवती पण्डितले बताउनुभयो ।

    पानी चिसो र मिठो भएकाले करिब दुई किमी दूरीमा रहेको सदरमुकाम दमौलीबाट समेत मानिस पानी लिन आउने गरेको इतिहास सुनाउँदै उहाँले भन्नुभयो, “गत वर्षको बाढीले कुवामा क्षति बनाएपछि यस वर्ष कुवालाई संरक्षण गर्दै धारा निर्माण कार्य थालिएको हो ।”

    व्यास नगरपालिकाले यस वर्ष कुवा मर्मत एवं संरक्षणका लागि रु ७५ हजार बजेट विनियोजन गरे पनि उक्त रकमले निर्माण सम्पन्न गर्न चुनौती भएपछि स्थानीयवासी श्रमदानमा जुटेका हुन् ।

    प्राकृतिक पानीका स्रोतको संरक्षण गर्नु सबैको साझा दायित्व भएकाले यस्ता सम्पदाको संरक्षण र सम्बद्र्धनमा नगरपालिकाले प्राथामिकता दिँदै आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

    कुवाको संरक्षणसँगै स्वच्छ खानेपानीको सुनिश्चितता हुने र आगामी पुस्ताका लागि पनि स्रोत सुरक्षित रहने स्थानीयको विश्वास छ । उक्त टोलमा हाल ६० घरपरिवार रहेको बताइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.