सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागरमा खानेपानीको समस्या


  •    न्युजभित्तो/२२ असार २०८३, सोमबार १२:१९ 
  • तुलसीपुर (दाङ), २२ असार । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा खानेपानीको समस्या भएको छ । गाउँको बीचमा दुई मुहान भए पनि त्यहाँ ट्याङ्की नहुँदा खानेपानीको हाहाकार हुने गरेको छ । खानेपानीकै लागि आधा घण्टा हिँडेर मुहान पुग्नुपर्ने बाध्यता छ ।

    त्यतिमात्रै नभई मुहानमा गएर पनि एक घण्टासम्म पालो कुनुपर्ने अवस्था रहेको स्थानीय सीता चौधरीले गुनासो गर्नुभयो । “पानी ल्याउन पोखरीसम्म जानका लागि आधा घण्टा लाग्छ, मुहानमा गए पनि पालो पाउन मुस्किल छ”, उहाँले भन्नुभयो ।

    त्यहाँ करिब डेढ सय घरपरिवार छन् । बागरको ठन्डीबजार, बनखल्यान, नयाँगाउँ, गोठीगाउँलगायत गाउँमा खानेपानीको निकै समस्या हुने गरेको छ । ती दुईवटा मुहानको पानीलाई ट्याङ्कीमा जम्मा गरेर वितरण गर्न सकेमा समस्या नहुने स्थानीय एमेशन चौधरीले बताउनुभयो । “दुईवटा मुहानलाई एउटा ओभरहेड ट्याङ्की बनाएर जम्मा गरेमा सबै गाउँलाई सहजै पुग्थ्यो”, उहाँले भन्नुभयो, “घण्टौँ पालो कुर्नुपर्ने अवस्था आउने थिएन ।”

    गाउँमा एउटा डिपबोरिङसमेत खनिएको छ । त्यो डिपबोरिङ खनेपछि घरघरमा धारा पनि जडान गरियो । केही समय त ती धारामा पनि पानी आयो । तर, अहिले ती धारा सुक्खा छन् । “ट्याङ्की नहुँदा पानी खेर जाने अवस्था भयो”, स्थानीय निमबहादुर खत्रीले भन्नुभयो, “त्यसले गर्दा पानीको सतह मोटरभन्दा मुनि गयो र धारामा पानी आउन छोड्यो ।”

    खानेपानी समस्या समाधानका लागि सबै तहका सरकारलाई गुहार गरे पनि सुनुवाइ नभएको उहाँको गुनासो छ । चुनावका बेला पानीको माग पूरा गर्ने आश्वासन आए पनि त्यो समाधानका लागि पहल भएको छैन । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.