सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै


  •    न्युजभित्तो/२२ असार २०८३, सोमबार ११:४४ 
  • दाङ, २२ असार । स्थानीय तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुलले वरपरका जिल्लाका नागरिकलाई समेत अवलोकन गर्ने महत्वपूर्ण पर्यटक गन्तव्यका रुपमा परिचय बनाएको छ ।

    चारैतिर हरियाली नजिकै चिटिक्क परेको गाउँबीचमा कलकल बगेको बबई नदीमाथिको झोलुङगे पुलमा त्यस वरपरको मनमोहक दृश्याअवलोकन गर्नेको भीड नै लाग्न थालेको छ । त्यस क्षेत्रको अवलोकन गर्न टाढादेखि आउनेले सूर्य अस्ताउँदै गर्दा बबई नदीमा देखिने छायाँ र पुलको आकर्षणले टिकटक बनाउने र फोटो खिच्नेहरु राम्रा दृश्य मोबाइल र क्यामेरामा कैद गर्न तँछाडमछाड गरेको देखिन्छ ।

    उक्त पुल गत वर्षको गर्मीयामदेखि थप चर्चामा आएको हो । वरपरका सल्यान र रुकुम जिल्लाका नागरिक समेत ठूलो सङ्ख्यामा दृश्यालोकनका लागि आउने गरेको पाइन्छ ।

    त्यस क्षेत्रको अवलोकनमा रहनुभएकी सल्यानकी शारदा केसी भन्नुहुन्छ, “सामाजिक सञ्जालमा यहाँको तस्बिर र भिडियो देखियो, दृष्य निकै राम्रो लाग्यो । वास्तवमा हेर्न आउन पर्ने खालकै रहेछ ।” उहाँले बबई नदीमाथि वरपरको आकर्षक दृष्य देखिने पुललाई थप पर्यटकीय क्षेत्रका रुपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    विसं २०७९ मा उक्त झोलुङ्गे पुल निर्माण भए पनि गत वर्षको गर्मीको समयमा पुल चर्चामा आएकोे पत्रकार लक्ष्मण बस्नेत बताउनुहुन्छ । उहाँका अनुसार गत वैशाख र जेठ महिनाको गर्मी छल्न दैनिक एक हजारभन्दा बढी मानिस पुल अवलोकन र शीतलता प्राप्त गर्न पुगेका थिए ।

    हाल बर्सात सुरु भइसक्दासमेत दैनिक पाँचदेखि छ सयसम्म पुल हेर्न आउन गरेका छन् । रु तीन करोड लागतमा निर्माण भएको उक्त पुलको लम्बाइ ४०० मिटर रहेको छ । पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको करविर चौधरीले बताउनुहुन्छ । उहाँका अनुसार दिउँसो वरपरको हरियाली र शीतलता प्राप्त हुने उक्त पुलबाट बिहान र बेलुका देखिने सुन्दर दृश्यले आगन्तु पाहुनालाई टिकटक र तस्बिर खिच्ने वातावरण बनाइदिन्छ ।

    स्थानीय सरकारले तुलसीपुर बजारदेखि करिब १२ किमी दक्षिण पश्चिममा पर्ने पुलको वरपरको क्षेत्रलाई थप व्यवस्थित तुल्याउन तथा उद्योगी व्यापारी समुदायले पर्यटकलाई सुविधा प्रदान गर्ने पूर्वाधारलगायतका संरचना विकास र विस्तार गर्न स्थानीयको सुझाव छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.