सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घाँसको बीउ उत्पादन


  •    न्युजभित्तो/२२ असार २०८३, सोमबार ११:४० 
  • राँझा (बाँके),२२ असार । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरेको छ ।

    चालु आर्थिक वर्ष ०८२र८३ मा विभिन्न प्रजातीका घाँसको ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरिएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा।खिमानन्द खनालले जानकारी दिनुभयो । 

    उहाँका अनुसार राष्ट्रिय पशु प्रजनन् कार्यालयबाट उत्पादन भएको घाँसको बीउ १९ हजार २ सय २६ किलो किसानलाई बिक्रीवितरण गरिएको छ । कार्यालयमा एक हजार ७ सय ९० किलो खपत भई ११ हजार ४ सय ३ केजी घाँसको बीउ बाँकी रहेको छ । 

    कार्यालयले बर्सिम, जै, भेच, टियोसेन्टी, ज्वाइन्ट भेच स्टाइलो कुक्स, नेपियर लगायतको घाँस र बडहर, टाँकी, कोइरालो, इपिलइपिल, किम्बु मेन्डोला लगायतको डालेघाँसको बीउ तथा विरुवा उत्पादन गरी बिक्री वितरण गर्ने गरेको छ । 

    चालु आर्थिक वर्षमा घाँसको बीउ तथा हरियो घाँस बिक्री गरेर रु। २० लाख ४७ हजार ७०४ आम्दानी गरेको छ । कार्यालयले विभिन्न जातका घाँसका बीउ तथा बिरुवा उत्पादन गर्नुका साथै पशु नश्ल सुधार अन्तर्गत कृत्रिम गर्भाधानका लागि राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन तथा वितरण हुँदै आएको वरिष्ठ पशु विकास अधिकृत डा. खनालले जानकारी दिनुभयो । 

    खजुरा–२ गौघाटमा करिव ३४ दशमलव ४ हेक्टर क्षेत्रफलमा फैलिएको राष्ट्रिय पशु प्रजनन् कार्यालयले व्यावसायीक रुपमा घाँसको बीउ खेती गरी किसानलाई बिक्री वितरण गर्दै आएको कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले बताउनुभयो । 

    अहिले घाँसको बीउ छर्ने र बिरुवा रोप्ने काम भईरहेको छ । वर्षाद् नभएका कारण यो वर्ष घाँसको बीउ छर्न र बिरुवा रोप्न केही ढिलाई भएको जैसीले जानकारी दिनुभयो । राष्ट्रिय पशु प्रजनन् कार्यालय २०३६ सालमा भैँसी फाराम (बुल सेन्टर) का रूपमा स्थापना भएपश्चात् विभिन्न चरण हुँदै ४७ औँ वर्ष प्रवेश गरेको छ ।  

    यो कार्यालयले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वी रुकुम गरी २५ जिल्लामा सेवा प्रवाह गरिरहेको छ । कार्यालयबाट विभिन्न जातका घाँसका बिउ तथा बिरुवा उत्पादन गर्नुका साथै पशु नश्ल सुधार अन्तर्गत कृत्रिम गर्भाधानका लागि राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन तथा वितरण गर्दै आएको जैसीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.