सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर


  •    न्युजभित्तो/२१ असार २०८३, आईतवार ११:०३ 
  • सुनसरी, २१ असार । वैदेशिक रोजगारीमा ११ वर्ष बिताउनुभएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले हाल पेडा व्यवसायबाट मासिक रु।८० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । 

    मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाउनुभएका उहाँ चतराघाटमा सञ्चालनमा रहेका पेडा पसलबाट प्रभावित भएर तीन वर्षअघि त्यसमा होमिनुभएको हो । “सुरुमा विभिन्न मिठाइ बनाएर बिक्री गर्थें। पछि पेडा बनाउन थालेँ। अहिले यही व्यवसाय राम्रोसँग चलिरहेको छ,” उहाँले भन्नुभयो।

    केही दशकअघि कोशी नदी किनारको चतराघाट ढिके नुनको व्यापारका लागि परिचित थियो। साहका पितापुर्खाले पनि त्यही स्थानमा ढिके नुनको व्यापार गर्नुहुन्थ्यो । समयसँगै व्यापारको स्वरूप फेरिँदै अहिले चतराघाट पेडा पसलका लागि परिचित बन्दै गएको छ ।

    विक्रम संवत् २०७२ मा चतरास्थित कोशी पुल सञ्चालनमा आएपछि धरान, इटहरी, विराटनगरलगायत पूर्वी क्षेत्रबाट चतरा–गाईघाट–सिन्धुली हुँदै काठमाडौं जाने वैकल्पिक सडकमार्ग प्रयोगमा आयो । त्यसयता यस क्षेत्रमा सवारीसाधनको आवागमन उल्लेख्य रूपमा बढेसँगै व्यापारिक गतिविधि पनि विस्तार भएको साह बताउनुहुन्छ।

    यात्रुको चहलपहल बढेसँगै पेडाको माग पनि निरन्तर बढिरहेको छ । अहिले उहाँको पसलमा देशका विभिन्न जिल्लाबाट आउने यात्रुले पेडा किन्ने गरेका छन्। अनलाइनमार्फत पनि पर्याप्त अर्डर आउने गरेको र डेलिभरीको व्यवस्था समेत मिलाइएको उहाँले जानकारी दिनुभयो । दैनिक १२० लिटरभन्दा बढी दूधबाट पेडा उत्पादन गर्नुहुन्छ । उहाँले उदयपुरको रामपुर र श्रीलङ्का टप्पु क्षेत्रबाट दूध खरिद गरी पेडा बनाउने गरेको बताउनुभयो ।

    “विदेशमा १२ घण्टा काम गर्दा मुस्किलले रु।४० देखि ४५ हजार कमाइ हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले आफ्नै ठाउँमा परिवारसँग बसेर काम गर्दा मासिक रु।७० देखि ८० हजारसम्म आम्दानी हुन्छ । आफ्नै गाउँमा बसेर काम गर्न पाउनु नै सबैभन्दा ठूलो सन्तुष्टि हो ।”

    हाल चतराघाट क्षेत्रमा एक दर्जनभन्दा बढी पेडा पसल सञ्चालनमा छन् । कोशी पुल निर्माणपछि बढेको सर्वसाधारणको आवागमनसँगै चतराघाट पूर्वी नेपालको पेडा उत्पादन र बिक्रीका लागि परिचित केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.