सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार


  •    न्युजभित्तो/१९ असार २०८३, शुक्रबार १०:५७ 
  • म्याग्दी, १९ असार । मालिका गाउँपालिकाका एक हजार ३०० भन्दा बढी घरधुरीमा निजी धारा जडान गरेर खानेपानी सुविधा विस्तार गरिएको छ ।

    मालिकाको १, २, ३ र ७ नम्बर वडामा पर्ने निस्कोट, रुम, डाडागाउँ र बिम डाडागाउँका एक हजार ३३० घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको हो । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक÷प्राविधिक सहयोग तथा उपभोक्ताहरूको श्रमदानमा ‘एक घर, एक धारा’ मार्फत खानेपानी सुविधा विस्तार भएको गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले जानकारी दिनुभयो ।

    “सङ्घीय र प्रदेश सरकार तथा विभिन्न परियोजनामार्फत यसअघि खानेपानी योजना निर्माण भएको ४, ५ र ६ सहित सबै वडाका छुटेकाका घरपरिवार पहिचान गरेर खानेपानी सुविधा विस्तारको तयारीमा छौँ”, उहाँले भन्नुभयो, “छुटेकाहरूलाई आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन गरी शतप्रतिशत घरमा स्वच्छ र सफा खानेपानी सुविधा विस्तार गर्ने लक्ष्य छ ।”

    सातवटा वडा रहेको मालिका गाउँपालिकामा चार हजार ५९० घरपरिवारमा १८ हजार ३३२ जनसङ्ख्याको बसोबास छ । पानीको मितव्ययी, व्यवस्थित र दिगो प्रयोगका लागि प्रत्येक धारामा मिटर जडान भएको छ । धाराको छेउमा भाँडा सुकाउने चाङ निर्माण छ । मालिका गाउँपालिका–२ मा ७४९ घरपरिवारमा खानेपानी सुविधा विस्तार भएको वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताउनुभयो ।

    “विसं २०८२ मा निर्माण भएको खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत ३३८ घरपरिवारमा खानेपानी विस्तार भएको छ”, उहाँले भन्नुभयो, “आव २०८०÷८१ मा ठूलोरुमका २७३, कलात भनारीमा ७४ र विल्वाङमा ६४ घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको थियो ।”

    वडा नं १ निस्कोटमा १२५ र वडा नं ३ को डाडाँगाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङका २२५ घरपरिवार, पात्लेका १२२ र लुुम्पीपारका ५३ घरपरिवार लाभान्वित भएका छन् । वडा नं ७ को डाडाँगाउँमा ५६ घरमा एक घर, एक धारामार्फत खानेपानी सुविधा विस्तार भएको छ । घरमै खानेपानी सुविधा भएपछि समयको बचत, सार्वजनिक धारामा पालो पर्खनुपर्ने र कुवाखोल्साको दूषित पानी प्रयोग गर्नुपर्ने समस्याको अन्त्य भएको मालिका–२ रुमकी विपना पटेलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.