सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रयास गर्न आग्रह


  •    न्युजभित्तो/१४ असार २०८३, आईतवार १६:२५ 
  • नेपालगन्ज, १४ असार ।  यहाँका पर्यटन व्यवसायीले नेपालगन्ज–दिल्ली सिधा उडानका लागि प्रयास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष अनुरोध गरेका छन् ।

    नेपालगन्ज विमानस्थलको अनुगमनमा आउनुभएका मन्त्री पौडेलसँग पर्यटन व्यवसायीले अधिकभन्दा अधिक पर्यटक नेपाल भित्र्याउन नेपालगञ्ज र नयाँदिल्ली हवाई मार्गबाट जोडिन अपररिहार्य भएको बताएका हुन् ।

    नेपालगञ्ज–पोखरा उडान बन्द हुँदा पर्यटन क्षेत्र प्रभावित भएको गुनासो गर्दै उनीहरूले विदेशी पर्यटकमाथि लागू गरिएको हवाई भाडादरको विभेद अन्त्य गर्न आग्रह गरेका थिए ।

    मुलुकको पर्यटन प्रवद्र्धन गर्न वर्तमान सरकार क्रियाशील रहेको मन्त्री पौडेलले बताउनुभयो । उहाँले नीतिगत सुधारका माध्यमबाट विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन उद्योगको विकाका लागि हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    फरक प्रसङ्गमा उहाँले नेपाल पर्यटन बोर्डलाई समयानुकूल पुनर्संरचना गर्न आवश्यक भएको बताउनुभयो ।

    नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मी तथा पर्यटन व्यवसायी देवानन्द अर्याललगायत पर्यटन उद्यमीले पश्चिम नेपालका पर्यटनका सम्भावना र समस्याबारे मन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल
    नेपालगञ्ज–दिल्ली उडानका लागि प्रयास गर्न आग्रह
    राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा चितवनका नेताहरूको वर्चस्व: शीर्ष पदमा तीन सांसद निर्वाचित
    • प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
    • रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    • रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    • विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.