सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थलथलेमा खानेपानीको समस्या हट्यो


  •    न्युजभित्तो/११ असार २०८३, बिहीबार १२:५४ 
  • भोजपुर, ११ असार । यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’ जडान भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्तर्गत सञ्चालन गरिएको यो योजनाबाट खाँदबारी नगरपालिका–६ सङ्खुवासभाका स्थानीयको घरघरमा धारा जडान गरिएपछि सहजता भएको हो । आयोजना सम्पन्न भएसँगै टाढाबाट पानी बोक्ने बाध्यता हटेको र दैनिक जीवन सहज बनेको स्थानीयवासीले बताएका छन् ।

    निर्माण उपभोक्ता समितिका अध्यक्ष उमनाथ सारु मगरका अनुसार आयोजना सञ्चालनमा आएपछि खानेपानी अभाव झेलिरहेका ३३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । “पहिले घण्टौँ हिँडेर पानी ल्याउनुपथ्र्यो, अहिले घरमै धारा जडान भएपछि निकै सहज भएको छ”, उहाँले बताउनुभयो ।

    यस आर्थिक वर्षमा आयोजनाको इन्टेक निर्माण गरिएको छ भने सिरान टोलमा १४ घनमिटर क्षमताको ट्याङ्कीबाट वितरण लाइन विस्तार गरी ३३ परिवारमा धारा जडान गरिएको हो । आगामी आर्थिक वर्षमा थप १० घनमिटरको ट्याङ्की निर्माण गरी वितरण प्रणाली अझ विस्तार गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

    कूल अनुमानित लागत श्रमदानसहित रु एक करोड ७० लाख १३ हजार ६३२ रहेको यो आयोजना आर्थिक वर्ष २०७९÷८० देखि सुरु गरिएको हो । दीर्घकालीन रूपमा १०२ घरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको यस योजनाले क्रमशः आफ्नो लक्ष्यतर्फ अघि बढिरहेको छ । स्थानीयका अनुसार, आयोजनाले पानीको सहज पहुँच मात्र नभई सरसफाइ र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.