सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला


  •    न्युजभित्तो/१० असार २०८३, बुधबार १२:१३ 
  • तानसेन (पाल्पा), १० असार । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका छन् । स्थानीय सरकारको सहयोगमा उनीहरू प्रशिक्षणमा सहभागी भएका हुन् ।

    विपन्न वर्ग तथा समुदायलाई लक्ष्य गरी स्थानीय सरकारले सीप विकाससम्बन्धी तालिम सञ्चालन गरेपछि उद्यम गरेर आत्मनिर्भर हुन उनीहरू प्रशिक्षणमा आकर्षित भएका हुन् ।

    केही महिला सीप सिकेर स्वरोजगार बनेका छन् भने केही सीप सिकिरहेका छन् । तानसेन नगरपालिका–५ कैलाशनगरकी मालती अधिकारीले भन्नुभयो, “सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ, यसअघि स्वेटर, टोपी, मोजालगायत बुन्न सिकेको र अहिले वडा कार्यालयको सहयोगमा जुत्ता, चप्पल बनाउन सिकेको सीपले हाम्रो जीवनस्तर सुधार हुने ठानेकी छु ।” उहाँले भन्नुभयो, “सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा उक्सने आशा छ ।”

    उद्यमी अधिकारीजस्तै यहाँका ३४ जना महिलाले जुत्ता, चप्पल बनाउन सिकेका छन् । सीप विकासमार्फत विपन्न समुदायका महिलालाई आत्मनिर्भर बनाउन तालिम दिइएको वडाध्यक्ष रामबहादुर रावलले बताउनुभयो । सीप र रोजगारलाई प्राथमिकता दिँदै दक्ष जनशक्ति र उद्यमी उत्पादन गर्नेगरी वडाले काम गरिरहेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “महिला र युवालाई सीपसँग जोड्दै क्षमता विकास गर्ने र उत्पादन गरेका वस्तु बजारसम्म पुर्याउनका लागि हामीले सहजीकरण गर्दै आएका छौँ ।” तालिमबाट महिला उद्यमी बन्ने र नगरभित्र आर्थिक चलायमान बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सानो पुँजीमा व्यवसाय सञ्चालन गर्न सकिने भएकाले महिला सजिलै आत्मनिर्भर बन्न सक्ने रावलको भनाइ छ ।

    सधैँजसो मेलापात, चुलोचौका र घरधन्दामै दैनिकी बिताउँदै आउनुभएका रामपुरका महिला पनि ४५ दिने होजियारी तालिमपछि गाउँमै स्वेटर, मोजा, टोपी र मफलर बुन्न सक्ने भएका छन् । रामपुर नगरपालिकाले होजियारी तालिम सञ्चालन गरेपछि सुइडा पनि नदेखेका महिलाले स्वेटर, मोजा, टोपी र मफलर बुन्ने भएका छन् ।

    तालिममा सहभागी सीता रेग्मीले भन्नुभयो, “हामीले सुइडा पनि देखेका थिएनौँ । पहिलो दिनमा त निकै अलमलिएका थियौँ । सीप सिक्ने इच्छाका साथ दैनिक प्रयास गरेपछि अब स्वेटर, मोजा, टोपी र मफलर बुन्ने भएका छौँ ।”

    रामपुर नगरपालिकाले उपप्रमुख ग्रामीण महिला उत्थान कार्यक्रमअन्तर्गत आधारभूत होजियारी तालिम लिएका ग्रामीण महिलाका लागि ४५ दिनको तालिम दिएपछि महिलाहरू स्वरोजगार बन्ने दिशामा लागेका हुन् ।

    नगरप्रमुख रमणबहादुर थापाले महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । कतिपय महिला तालिम लिएर व्यवसाय बजारको सुनिश्चितता पनि पालिकाले गर्ने उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट
    रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन
    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान
    • रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
    • सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
    • कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
    • रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.