सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने


  •    न्युजभित्तो/१० असार २०८३, बुधबार ११:५७ 
  • भोजपुर, १० असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ । 

    सङ्घीय सरकारले बाँदर नियन्त्रणसम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले सङ्घीय सरकारसँगको समन्वयमा यहाँका बाँदरलाई बन्ध्याकरण गर्न लागेको हो । 

    गाउँपालिकाको मङ्गलबारदेखि सुरु भएको गाउँसभाको १९औँ अधिवेसनमार्फत आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिनुभयो । 

    “बाँदर किसानको जटिल समस्या बनेको छ”, अध्यक्ष राईले भन्नुभयो, “बाँदर नियन्त्रणका लागि बन्ध्याकरणको कार्यक्रम सञ्चालनको तयारी गरेको छौँ । सङ्घीय सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने हाम्रो लक्ष्य छ ।”

    गाउँपालिकाका अनुसार, बन्ध्याकरण विधिमार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी दीर्घकालीन समाधान खोज्ने लक्ष्य राखिएको छ । यसका लागि प्राविधिक जनशक्ति परिचालन, आवश्यक उपकरण व्यवस्थापन तथा सम्बन्धित निकायसँग सहकार्य गरिनेछ । यसले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । 

    बालीबिरुवामा बाँदरले अपूरणीय क्षति गर्न थालेपछि यहाँ बाँदरको सङ्ख्या नियन्त्रण गर्ने उद्देश्यले बाँदरको बन्ध्याकरण गर्न लागिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । 

    पछिल्लो समय गाउँपालिकाका विभिन्न वडामा बाँदरको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ ।  बाँदरले  विशेषगरी मकै, कोदो, आलुलगायत बालीमा क्षति पु¥याउँदै आएका छन् । 

    जसका लागि पहिलो चरणमा खोज तथा अध्ययन गर्न  गाउँपालिकाले रु पाँच लाख बजेटसमेत विनियोजन गरेको छ । रासस   

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.