सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान


  •    न्युजभित्तो/१० असार २०८३, बुधबार ११:५३ 
  • त्रिवेणी (नवलपरासी), १० असार । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएको छ ।

    कावासोती नगरपालिका पशुपन्छी विकास उपशाखाका पशु विकास अधिकृत अच्युत आचार्यका अनुसार दुग्ध उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले यहाँका किसानलाई चालु आर्थिक वर्षमा रु २८ लाख अनुदान उपलब्ध गराएको छ ।

    नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर रु दुई अनुदान उपलब्ध गराउँदै आएको छ । नगरभित्रका पाँचवटा सहकारीमार्फत उक्त अनुदान वितरण गरिएको हो । दुग्ध उत्पादन गर्ने किसानले सहकारीमा बिक्री गरेको दूधका आधारमा सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराइएको हो ।

    कावासोती नगरपालिकाका पाँचवटा सहकारीमा सङ्कलन भएको दूधका आधारमा १५ लाख ४३ हजार ११३ लिटरका लागि अनुदान उपलब्ध गराइएको आचार्यले बताउनुभयो । गत वर्षको उत्पादनका आधारमा रु २८ लाख अनुदानका लागि विनियोजन गरिएकामा यसपटक उत्पादन वृद्धि भएकाले सोहीअनुसार केही अनुदानको दरलाई कम गरेर सबै किसानलाई अनुदान उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । दूधमा प्रदान गरिएको अनुदानले थोरै भए पनि किसानले लाभ लिएको र उत्पादन लागत घटाउन सहयोग पुगेको उहाँले बताउनुभयो ।

    साना किसान कृषि सहकारी संस्था कावासोती–१४, एकीकृत दुग्ध विकास सहकारी संस्था कावासोती–८, जनकल्याण कृषि तथा दुग्ध सहकारी कावासोती–१७, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी कावासोती–२ र नमूना दुग्ध उत्पादक सहकारी कावासोती–१७ मार्फत सङ्कलित दूधका लागि किसानलाई अनुदान उपलब्ध गराइएको हो । यी सहकारीमा बिक्री भएको दूधका किसानलाई सहकारीले दिने दरमा नगरपालिकाको अनुदान थप गरेर दिने व्यवस्था गरिएको छ ।

    नगरप्रमुख विष्णुप्रसाद भुसालका अनुसार उत्पादनका आधारमा अनुदान प्रदान गर्दा किसानलाई उत्पादन बढाउन उत्प्रेरित गर्ने भएकाले नगरपालिकाले सोही आधारमा अनुदान उपलब्ध गराउँदै आएको छ । दूधमा अनुदान दिँदा किसानको उत्पादन लागत घटाउन सहयोग पुग्ने र यसले किसानलाई फाइदा पुग्ने र उत्पादन बढाउन हौसला मिल्ने विश्वास नगरपालिकाले लिएको छ ।

    कावासोती नगरपालिकाले आगामी आर्थिक वर्षक पनि उत्पादनमा आधारित अनुदानका लागि रु ५४ लाख बजेट विनियोजन गरेको छ । दूध, माछापालनसहितका कार्यक्रममार्फत किसानलाई अनुदान दिन नगरपालिकाको मङ्गलबार भएको नगरसभाले उक्त रकम विनियोजन गरेको पशु विकास अधिकृत आचार्यले राससलाई जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.