सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति


  •    न्युजभित्तो/९ असार २०८३, मंगलवार १२:११ 
  • म्याग्दी, ९ असार । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा पक्की सडक निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम–दर्मीजा– चिमखोला–घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ढलान गरेर पक्की बनाइएको हो ।

    रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले यसअघि कच्ची अवस्थामा रहेको ग्र्रेड र घुम्ती नमिलेको सडकलाई फराकिलो पार्ने, नाली र पर्खाल बनाएर ढलान गरिएको जानकारी दिनुभयो ।

    “दग्नाममा विसं २०७४ मा सडकले जोडिएपछि चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट हालसम्मकै बढी रु तीन करोड बजेट बिनियोजन भएको थियो”, उहाँले भन्नुभयो, “स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय कास्कीले ठेक्कामार्फत योजना सम्पन्न गरेपछि आवतजावत सहज र सुरक्षित भएको छ ।”

    दग्नाम, दर्मीजा, चिमखोला, घ्याँसीखर्क, मङ्गलेखानी, चौरखानी र पात्लेखर्क गाउँका बासिन्दाहरु लाभान्वित भएका छन् । अप्ठ्यारो ठाउँमा सडक फराकिलो पार्ने, पर्खाल, नाली निर्माण, ग्रेड र मोड सुधार तथा ढलान गरिएको छ ।

    उक्त योजना निर्माणका लागि गत माघ १४ गते दुप्चेश्वर सुभम् विल्डर्सले रु दुई करोड ३९ लाख ९९ हजार चार सय १३ मा ठेक्का सम्झौता गरेको थियो । यही असार २० गतेसम्मको ठेक्काको म्याद रहे पनि गत जेठ २६ गते योजना सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताउनुभयो ।

    इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुत आफूले पाएको जिम्मेवारी समयअगावै सम्पन्न गरेको उहाँले बताउनुभयो । कार्कीका अनुसार औरी, दवाङभिरमुनि र दग्नाम गाउँभित्र ९०० मिटर ढलान गरिएको छ ।

    दग्नामको मुख्य गाउँभित्रको सबै सडक ढलान भएको छ । सडक पक्की बनेपछि दग्नाम गाउँ चिटिक्क देखिएको छ । धुलो र हिलोको समस्या समाधान हुनुका साथै यात्रा सहज र सुरक्षित भएको स्थानीय धनीलाल गर्बुजाले बताउनुभयो । दग्नाम खोलामा कजवे र तीन ठाउँका खोल्सामा ह्युम पाइप राखिएको छ ।

    मौवाफाँट–दग्नाम–चिमखोला–घ्याँसीखर्क सडकको मौवाफाँट, बुक्ल, दग्नाम पहिरो, चिमखोला क्षेत्रमा गत वर्ष दुई वर्ष शीर्षकका योजनामार्फत स्तरोन्नति भएको थियो । रघुगङ्गा गाउँपालिकाका तीन वटा वडालाई जोड्ने यो सडक जिल्लाको प्राथमिकताप्राप्त आयोजना हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.