सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग


  •    न्युजभित्तो/९ असार २०८३, मंगलवार ११:४७ 
  • भोजपुर, ९ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित रु ६० लाख बराबरको कार्यक्रम सञ्चालन गरेको छ ।

    स्थानीयलाई आत्मनिर्भर बनाउँदै कृषिमा आधारित आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित गाउँपालिकाले २१ वटा कृषि फर्मलाई अनुदान सहयोग प्रदान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार कार्यक्रमका लागि गाउँपालिकाबाट रु ३० लाख बजेट विनियोजन गरिएको छ भने कृषकहरूको तर्फबाट पनि बराबरको रु ३० लाख लागत साझेदारी गरिएको छ । यसरी कूल रु ६० लाखको लगानीमा कार्यक्रम कार्यान्वयन गरिएको उहाँले जानकारी दिनुभयो ।

    महिला विकास बोर्डअन्तर्गत सञ्चालित ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत वडा नं ४, ५ र ६ का किसानलाई पशुपालनमा अनुदान सहयोग उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । उहाँका अनुसार यसअघि सोही कार्यक्रममार्फत वडा नं १, २ र ३ मा उन्नत जातका गाई वितरण गरिएको थियो । चालु आर्थिक वर्षमा बाँकी वडामा कार्यक्रम विस्तार गरिएको हो ।

    कार्यक्रमअन्तर्गत २० वटा बङ्गुरपालन फर्म र एक वटा बाख्रापालन फर्मलाई सहयोग गरिएको छ । किसानको ५० प्रतिशत लागत साझेदारी रहने यस योजनामा खोर निर्माण, पाठापाठी (बङ्गुर तथा बाख्रा) खरिद र आवश्यक प्राविधिक सहयोगमा गाउँपालिकाले सहजीकरण गरेको जनाएको छ ।

    उपाध्यक्ष राईका अनुसार यस कार्यक्रमले विशेषगरी ग्रामीण क्षेत्रमा आयआर्जनका नयाँ अवसर सिर्जना गर्नुका साथै महिलाको आर्थिक सशक्तीकरणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । “हामीले महिलालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले घरपरिवारको आर्थिक अवस्था सुधार्न सहयोग गर्नेछ ।”

    गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकालाई दूध तथा मासुमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । “हामीले दूध र मासुमा आत्मनिर्भर गाउँपालिका निर्माणको लक्ष्य राखेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “गत वर्ष गाई वितरण गरेपछि यस वर्ष बङ्गुर र बाख्रापालन कार्यक्रम विस्तार गरेका छौँ । अहिले उत्पादन भएको दूध भोजपुर सदरमुकामसम्म पुग्न थालेको छ ।”

    गाउँपालिकाको सहयोगमा आधुनिक खोर निर्माण गरी व्यावसायिक बङ्गुरपालनमा जुट्नुभएका स्थानीय वर्तामाया राईले अनुदानले उद्यम सुरु गर्न सहज भएको बताउनुभयो । उहाँले धरानबाट १० वटा उन्नत जातका बङ्गुर ल्याएर व्यवसाय सुरु गर्नुभएको छ ।

    यस्तै, लिलामाया राईले महिलामुखी कार्यक्रम प्रभावकारी भएको बताउँदै घरायसी काममा सीमित महिलाहरूलाई आयआर्जनको अवसर प्राप्त भएको बताउनुभयो ।

    गाउँपालिकाको लागत साझेदारीमा आधुनिक खोर निर्माण गरेर व्यावसायिक रुपमा बंगुरपालन थालेको स्थानीयवासी अनिता राईले बताउनुभयो । आफ्नो घरमा धरानबाट ल्याएका १३ वटा हेमसार बङ्गुर रहेको उहाँले जानकारी दिनुभयो । राम्रो ढङ्गले फस्टाएको खण्डमा एउटा बङ्गुर रु ५० हजारदेखि ६० हजारसम्ममा बिक्री हुने उहाँको भनाइ छ ।

    स्थानीय कृषक जयमारानी राईका अनुसार अनुदान सहयोगपछि पशुपालनप्रति आकर्षण बढेको छ । “प्रारम्भिक लगानीमा सहयोग पाएपछि व्यावसायिक रूपमा अघि बढ्न सजिलो भयो”, उहाँले भन्नुभयो । गाउँपालिकाले कृषिलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्यसहित यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । पशुपालनमार्फत आय वृद्धि, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले थप योजना ल्याइने गाउँपालिकाको भनाइ छ ।

    यस प्रकारका सहुलियत र साझेदारीमा आधारित कार्यक्रमले स्थानीयस्तरमै उत्पादन र आम्दानी बढाउँदै आत्मनिर्भर गाउँ निर्माणतर्फ महत्वपूर्ण योगदान पु¥याउने स्थानीय जानकारहरुको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.