सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक महिनामा दुई हजार नागरिकता प्रदान


  •    न्युजभित्तो/५ असार २०८३, शुक्रबार १५:०९ 
  • घोराही, (दाङ) ५ असार । दाङ जिल्ला प्रशासन कार्यालयबाट गएको एक महिनामा दुई हजारभन्दा बढीले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

    प्रशासकीय अधिकृत विजय गौतमका अनुसार जिल्ला प्रशासन कार्यालयबाट जेठ महिनामा दुई हजार ६४६ जनालाई नागरिकता प्रदान गरिएको हो । जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लमहीमार्फत ती नागरिकता वितरण गरिएको हो ।

    सोही अवधिमा एक हजार ४९९ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ भने ३२ जनालाई नाबालक परिचयपत्र प्रदान गरिएको छ ।

    कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार घोराहीबाट ८९६, तुलसीपुरबाट एक हजार ६७ र लमहीबाट ६८३ जनाले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय दाङले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रलगायतका सेवामा नागरिकको पहुँच विस्तार हुँदै गएको जनाएको छ ।

    त्यस्तै जेठ महिनामै एक हजार २१७ जनालाई ई–पासपोर्ट वितरण गरिएको छ । त्यस घोराहीबाट ४१५, तुलसीपुरबाट ५१० र लमहीबाट ३०२ जनाले ई–पासपोर्ट सेवा लिएका छन् ।

    राष्ट्रिय परिचयपत्रतर्फ पनि सेवाग्राहीको आकर्षण बढ्दै गएको देखिएको छ । जेठ महिनामा सात हजार ८९७ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको छ ।

    अधिकृत गौतमका अनुसार घोराहीमा तीन हजार २२०, तुलसीपुरमा तीन हजार २४२ तथा लमहीमा एक हजार ४३५ जनाको दर्ता भएको तथ्याङ्कमा उल्लेख छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.