सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागलुङको दुर्गम फोर्सागाउँमा पुग्यो सडक


  •    न्युजभित्तो/५ असार २०८३, शुक्रबार १२:२३ 
  • गलकोट (बागलुङ), ५ असार । बागलुङको दुर्गम मानिने फोर्सा गाउँमा मोटरेबल सडक पुगेको छ । बडिगाड गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा रु तीन करोडभन्दा बढी खर्चेर पुरानो गाउँदेखि फोर्सा गाउँमा सवारी गुड्न मिल्ने गरी पहिलो पटक सडकको पहुँच पुगेको हो । 

    फोर्सामा करिब २०० घरधुरी छन् । बडिगाड गाउँपालिका–८ फोर्सा स्थित पुरानोगाउँ–फोर्सा भेडिखोरलाई सडकको पहुँचमा ल्याइएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । “फोर्स गाउँमा पहिलोपटक मोटर लगेर सडकको उद्घाटन गरिएको छ, सडकले ग्रामीण जीवनलाई विकाससँग जोडेको छ”, अधिकारीले भन्नुभयो, “मध्यपहाडी लोकमार्गसँग जोडिएको गाउँपालिकाका एउटै वडामा पुग्न एक दिनसम्म लाग्ने गरेको छ, उक्त सडकलाई स्तरीय बनाउने योजना गाउँपालिकाको छ ।”

    पुरानोगाउँसम्म पहिलेनै सडक पुगेकोमा त्यहाँबाट पाँच किमी सडक चट्टान काटेर फोर्सा भेडीखोरमा सडक पु¥याइएको हो । गाउँपालिका अध्यक्ष अधिकारीले प्रदेश सरकारको रु एक करोड ५० लाख र गाउँपालिकाको रु एक करोड ७५ लाख गरी कूल रु तीन करोड २५ लाख बजेटबाट सडक निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो । 

    बजेट अपुग भए पनि गाउँपालिकाको डोजर सञ्चालन गरी सडक निर्माणलाई टुङ्गोमा पु¥याइएको हो । यसअघि फोर्सा गाउँका नागरिकलाई मोटरेबल सडकसम्म पुग्न तीन घण्टा पैदल हिँड्नु पर्दथ्यो ।

    अध्यक्ष अधिकारीले फोर्सा जाने सडकलाई राष्ट्रिय सडक सञ्जालमा समावेश भएपछि स्थानीयलाई समेत सहज भएको छ ।  भीमगिठेबाट सडकलाई थप स्तरोन्नति अघि बढेको बताउनुभयो । यस्तै बडिगाड–७ को वडा कार्यालयसम्म सडक स्तरोन्नतिको काम हुने र त्यसपछि पुनः वडा ८ नम्बर हुँदै भेठडीखोर जाने सडक बाह्रैमास चल्ने बनाउने बताउनुभयो । 

    गाउँपालिका उपाध्यक्ष भीमसेन वनका अनुसार भीमगिठे–टुनीबोट–पुरानोगाउँ–फोर्सा–भेडीखोर–खोलाखर्क हुँदै रमुवासम्मको सडकलाई प्रदेश गौरवको आयोजनामा समावेश गरिएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा यस सडकमा थप रु एक करोडको काम भएर रिङ्गरोडको रुपमा विकास गरिने छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.