सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उजुरीपछि अख्तियारको छापा


  •    न्युजभित्तो/५ असार २०८३, शुक्रबार ११:४९ 
  • सिद्धार्थनगर (भैरहवा), ५ असार  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा ठेक्का व्यवस्थापनका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ । ठेक्का व्यवस्थापनका सम्बन्धमा अनियमितता भएको उजुरीपछि अख्तियारले सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

    नदीजन्य पदार्थको उत्खनन्, घाटगद्दी व्यवस्थापन तथा ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा परेको उजुरीका आधारमा अख्तियारको टोली गाउँपालिकामा पुगेर आवश्यक कागजात सङ्कलन गरेको हो । स्थानीयवासीले नदी दोहन, मापदण्डविपरीत उत्खनन तथा बिक्री प्रक्रियामा अनियमितता भएको गुनासो गर्दै आएका थिए

    गाउँपालिकाले चालु आर्थिक वर्षमा तिनाउ र दानव नदीका चार स्थानमा नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का दिएको थियो । ठेक्का प्रक्रियामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतो रहेको आरोपसहित अख्तियारमा उजुरी परेको बताइएको छ ।

    अनुसन्धानका क्रममा वडा नं। ५ स्थित बेनीघाट क्षेत्रमा उत्खननको अनुमति पाएको निर्माण कम्पनीले स्वीकृत स्थानभन्दा फरक क्षेत्रमा घाटगद्दी राखेको विषय पनि छानबिनको दायरामा परेको छ । 

    स्थानीयवासीले नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी सम्पूर्ण प्रक्रियाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कारबाही हुनुपर्ने माग गरेका छन् । अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.