सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै


  •    न्युजभित्तो/४ असार २०८३, बिहीबार १६:३१ 
  • नेपालगन्ज, ४ असार । बाँकेको राप्तीसोनारी गाउँपालिकालाई कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डलाई जल पर्यटनको गन्तव्यका रुपमा विकास गर्न   विस्तृत प्रतिवेदन (डिपिआर) तयार भएको छ । 

    राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले यहाँस्थित पर्यटनस्थललाई आकर्षक गन्तव्यका रुपमा चिनाउन विस्तृत प्रतिवेदन अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो । 

    उहाँले गाउँपालिकाको भौगोलिक बनावटले जिप लाइन सञ्चालनदेखि कुसुमदेखि अगैयासम्म करिव १२ किलोमिटर बोटिङ गरेर मनोरञ्जन लिन सकिने बताउनुभयो । 

    नेपालगन्ज र कोहलपुर बजार जानका लागि सडक सञ्जाल रहेको औल्याउँदै अध्यक्ष पौडेलले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रलाई लगानी गर्न आग्रह गर्नुभयो । 

    उहाँले  निकुञ्जको ओभरी नजिकका क्षेत्रमा हात्ती सफारी, जङ्गल सफारी र पैदलयात्राका प्याकेजसहित निजी क्षेत्रले नयाँ योजनाका खाका ल्याउँदा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभयो ।  

    निकुञ्जको गिद्देनीचौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल सफारीकोसमेत व्यवस्था गरिएको छ ।

    कोहलपुर, ओभरी र अगैया क्षेत्रको तीन नाकाबाट नेचरगाइडसहित निकुञ्ज प्रवेशद्वारसम्बन्धी गतिविधि भइरहेका छन् । त्यहाँबाट प्रवेश गर्नुहुने पर्यटकले पर्या–पर्यटनको आनन्द लिन सक्छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.