सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान


  •    न्युजभित्तो/४ असार २०८३, बिहीबार ११:१७ 
  • गोदावरी (कैलालीर्), ४ असार । कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिएको छ ।

    किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रतिभैँसी रु ५० हजारका दरले अनुदान दिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाका छवटै वडामा फर्म दर्तागरी भैँसीपालन गर्दै आउनुभएका १० जना किसानलाई प्रतिभैँसी रु ५० हजारका दरले अनुदान प्रदान गरिएको पशु शाखा प्रमुख धर्मराज भट्टले बताउनुभयो ।

    यसैगरी, गाउँपालिकाले व्यावसायिक रूपमा बाख्रा पाल्दैआएका किसानलाई अनुदान दिएको छ । चालु आर्थिक वर्षमा बाख्रापालक किसानलाई अनुदानका लागि रु चार लाख र भैँसीका लागि रु पाँच लाख बजेट विनियोजन गरेको थियो ।

    भँैसी प्रवद्र्धनका लागि व्यावसायिक फर्मको हकमा दुईवटा माउ भँैसी समूहकोे हकमा कम्तीमा ३० वटा हुनुपर्ने, बाख्रा प्रवद्र्धन कार्यक्रमका लागि फर्मको हकमा कम्तीमा ३० वटा र समूहका हकमा कम्तीमा २०० वटा माउ हुनुपर्ने प्रावधान रहेको शाखा प्रमुख भट्टले बताउनुभयो ।

    यसैगरी, चुरे गाउँपालिका–६ ले वडाभित्रका १० जना एकल महिलालाई बाख्रा वितरण गरेको छ । विपन्न, असहाय महिलाको आयआर्जनमा सहजता होस् भन्ने उद्देश्यले रु एक लाखको बजेटमा १० जना एकल महिलालाई बाख्रा वितरण गरिएको वडाध्यक्ष प्रेमबहादुर साउदले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.