सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता


  •    न्युजभित्तो/३ असार २०८३, बुधबार १७:०८ 
  • तानसेन (पाल्पा), ३ असार । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ । युवापुस्ताले जनै बनाउन चासो नराख्दा जनै बनाउने सीप गाउँघरबाट हराउँदै गएको हो । 

    जेनतेन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँ पुस्ताले यसतर्फ भने चासो देखाएका छैनन् । जनै बनाउने सीप युवामा हस्तान्तरण आवश्यक रहेको ठहर गर्दै यहाँका युवालाई जनै बनाउने सिप सिकाउन थालिएको छ । 

    तानसेन नगरपालिका–२ कार्यालयको आर्थिक सहयोगमा तानसेनमा सञ्चालन गरिएको तालिममा नगरभित्रका विद्यार्थी, महिला, पुरुषलगायत ४० जनाले जनै बाट्ने सीप लिन थालेका छन् ।  

    नयाँपुस्ताले जनै बनाउन थालेपछि भने पुरानापुस्तामा उत्साह छाएको छ । तानसेनका ७५ वर्षीय बेद बस्याल जनै बाट्ने संस्कृति हराउँदै जान थालेका बेला नयाँ पुस्ताले जनै बनाउन थालेपछि खुसी लागेको बताउनुहुन्छ । 

    “जनैको महत्व युवापुस्ताले नबुझ्दा संस्कृति सङ्कटमा पर्दै गएको  अब भने यो संस्कृति बचाउन सकिन्छ की भन्ने लागेको छ”, उहाँले भन्नुभयो । बराङ्गदीका हरी घिमिरेलाई पनि परम्परागत जनै बाट्ने र लगाउने संस्कृति लोप हुन लागेकामा चिन्ता थियो । तर अहिले नयाँ पुस्ताले जनै बनाउन सुरुगरेभन्दा खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पुरानो पुस्ताले जनै बनाएर परम्पराको संरक्षण गर्दै आए पनि नयाँपुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति हराउँदै जान थालेको थियो, अब भने केही हुन्छ कि भन्ने लागेको छ ।”

    तागाधारीको पहिचान भनेकै जनै रहेकाले यसको संरक्षणको लागि स्थानीय सरकारले अभियानकै रुपमा जनै बनाउने सीप सिकाउन लागेको  वडाध्यक्ष महेश लाल श्रेष्ठले बताउनुभयो । एकातिर संस्कृतिको जगेर्णा हुने र अर्कोतर्फ आयआर्जनमा टेवा पुग्ने भएकाले युवा पुस्ताले जनै बनाउन चासो दिनुपर्ने वडा अध्यक्षको भनाइ छ । 

    पाल्पामा झन्डै १५ वर्षअघिसम्म गाउँगाउँमा ब्राह्मणहरुका घरमा जनै बाट्ने परम्परा रहे पनि हिजोआज भने हराउँदै जान थालेको छ । जनै संस्कृतिलाई बचाइँराख्न युवामा जनै बनाउने सीप सिकाउनुपर्ने छ । स्थानीय धर्मचन्द्र नेपालले बताउनुभयो । 

    युवाले जनै नबनाएकै कारण बर्सेनि विदेशबाट करोडौँ रुपैयाँको जनै आयात हुने गरेको छ । आयातित जनै भाती पु¥याएर बाटिएको हुँदैन । जनैमा पारिने गाँठोलाई सामान्यतया बह्मागाँठो पनि भनिन्छ । हिन्दू परम्परामा जनै (यज्ञोपवीत) मा रहने उक्त गाँठोले ब्रह्मा, विष्णु, महेशको प्रतीकात्मक अर्थ बोकेको मानिन्छ । तर, किनुवा जनैलाई विधिपु¥याएर बाटिएको हुँदैन । त्यसैले किनुवा जनै नभई एकप्रकारको धागो मात्र भएको तागाधारीहरु बताउँछन् । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता
    विचारः समग्र आरोग्यता र सर्वकल्याणतर्फको अन्तरयात्रा
    सामाजिक सुरक्षा कोषमा जोडिँदै अनौपचारिक क्षेत्रका श्रमिक
    • हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री
    • हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री
    • प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा छ: सञ्चारमन्त्री डा तिमिल्सिना
    • चिया निर्यातको समस्या समाधानमा कूटनीतिक प्रयास जारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.