सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बोट एउटाः आँपका जात दुईवटा


  •    न्युजभित्तो/३ असार २०८३, बुधबार १६:२१ 
  • महोत्तरी, ३ असार । तराई–मधेसमा अहिले आँप उत्पादनका हिसाबले मध्य मौसम छ । हरेकजसो किसानका खेतबारी र बगैँचामा विभिन्न जातका आँप लटरम्म फलेका छन् ।

    यहाँ उत्पादन हुनेमध्ये मालदह र दशहरी जातका आँप अन्यको तुलनामा स्वादिष्ट हुने भएकाले सबैको रोजाइमा पर्दै आएको पाइन्छ ।

    यसैबीच, महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान रामभगत महतोको आँगनमा भने एउटै बोटमा दुई स्वादिष्ट जातका आँप फलेका छन् । उहाँको घरआँगनको एउटै बोटमा ती दुवै जातका आँप फलेका छन् ।

    महतोले मालदहको बिरुवा भनी दुई वर्षअघि रोप्नुभएको बोटमा पहिलोपल्ट यसपालि फल लागेको हो । त्यस आँपको बोटका मुख्य दुई हाँगामा फरक–फरक जातका आँप फलेका हुन् ।

    किसान महतोले भन्नुभयो, “हेर्नुस त एकापट्टि मालदह र यो अर्को हाँगामा दशहरी फल्यो, दुवै स्वादिष्ट जातका आँप गनिन्छन् म खुसी छु ।” त्यो बोटमा मालदहका दाना ठूला रहेका र दशहरीका फल औसत रूपमा साना छन् ।

    आँपको बिरुवामा कलमी लगाउँदा फेदतिर दशहरी र माथिल्लो भाग मलदहको हाँगो फाटेर गएको हुनसक्ने बागवानी विज्ञका रूपमा लामो सरकारी सेवाबाट अवकाश लिनुभएका स्थानीय ताराबहादुर भुजेल बताउनुहुन्छ । तथापि, एउटै बोटमा दुई जातका आँप फल्नु दुर्लभ घटना र अपवादमा भेटिने गरेको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता
    विचारः समग्र आरोग्यता र सर्वकल्याणतर्फको अन्तरयात्रा
    सामाजिक सुरक्षा कोषमा जोडिँदै अनौपचारिक क्षेत्रका श्रमिक
    • हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री
    • हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री
    • प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा छ: सञ्चारमन्त्री डा तिमिल्सिना
    • चिया निर्यातको समस्या समाधानमा कूटनीतिक प्रयास जारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.