सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुर्घटनामुक्त समाज निर्माणको सन्देशसहित राजविराजमा ट्राफिक सप्ताह


  •    न्युजभित्तो/३ असार २०८३, बुधबार १३:५३ 
  • राजविराज (सप्तरी), ३ असार ।  दुर्घटनामुक्त समाज निर्माणको सन्देशसहित राजविराजमा ट्राफिक सप्ताह कार्यक्रम सुरु गरिएको छ । 

      ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह २०८३ आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सप्तरीले जानकारी दिएको छ ।  

    जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराज, सप्तरीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, सप्तरीको सहकार्यमा आयोजित उक्त प्रभातफेरीमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, विभिन्न सङ्घसंस्था, विद्यार्थी, शिक्षक तथा सर्वसाधारण नागरिक  सहभागि थिए । 

    ‘ट्राफिक नियमको पालना गरौँ, दुर्घटनाबाट आफू बचौँ र अरूलाई बचाऔँ’ भन्ने मूल नारासहित निकालिएको प्रभातफेरीले राजविराज नगरका प्रमुख सडकहरू परिक्रमा गर्दै सडक सुरक्षा, सवारी अनुशासन र ट्राफिक सचेतनाको सन्देश प्रवाह गरिएको छ ।

    कार्यक्रममा सहभागीले ट्राफिक नियमको पालना, हेल्मेटको अनिवार्य प्रयोग, सिटबेल्ट बाँध्ने बानी, मदिरा सेवन गरी सवारी नचलाउने तथा पैदलयात्रीको सुरक्षामा विशेष ध्यान दिनुपर्ने विषयमा जनचेतनामूलक सन्देश दिएका छन् । 

    जिल्ला ट्राफिक प्रहरी कार्यालयले सप्ताहभर विभिन्न जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, प्रशिक्षण तथा सडक सुरक्षासम्बन्धी अभियान सञ्चालन गर्ने जनाएको छ ।

    बढ्दो सवारी चापसँगै दुर्घटनाका घटनालाई न्यूनीकरण गर्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको प्रहरीको भनाइ छ । स्थानीयवासीले यस्ता कार्यक्रमले नागरिकमा ट्राफिक सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

    ट्राफिक सप्ताहअन्तर्गत सञ्चालन गरिएका गतिविधिले सुरक्षित, अनुशासित र दुर्घटनारहित समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस  

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.