सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राममन्दिर गुठीको तीस रोपनी जग्गा अतिक्रमणमा


  •    न्युजभित्तो/३ असार २०८३, बुधबार १३:३५ 
  • तनहुँ, ३ असार । जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधामस्थित राममन्दिर गुठीको स्वामित्वमा रहेको जग्गा अतिक्रमणमा परेको छ । गुठीको नाममा रहेको १४९ रोपनीमध्ये करिब ३० रोपनी जग्गामा अतिक्रमण गरी स्थायी तथा अस्थायी संरचना निर्माण गरी बस्ती बसालेको अनुमान गरिएको छ ।

    त्यस क्षेत्रमा ३७ घरका १०६ जनाका परिवारले स्थायी तथा अस्थायी संरचना निर्माण गरी बस्ती बसालेका छन् । उक्त जग्गा घरायसी कागजपत्रका भरमा किनबेच भइरहेको जानकारी पाइएको देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो ।

    उहाँले गुठीको जग्गा व्यक्तिका नाममा नामसारी वा लालपुर्जा दिन नमिल्ने स्पष्ट कानुनी प्रावधान रहे पनि सो क्षेत्रमा घरायसी कागज बनाएर जग्गा किनबेच गरिँदै आएको पाइएकाले यस्ता जग्गा खरिद–बिक्री नगर्न सूचित गरिएको बताउनुभयो ।

    गाउँपालिकाले गुठीको जग्गा खाली गर्नसमेत स्थानीय बासिन्दालाई आग्रह गरेको छ । कहीँकतै जग्गा नभएका वास्तविक सुकुम्बासीलाई सङ्घीय सरकारले वैकल्पिक जग्गाको व्यवस्थापन गरी कानुनी रूपमै लालपुर्जा दिने तयारी गरिरहेको छ ।

    देवघाट गाउँपालिका, देवघाट क्षेत्र विकास समिति र स्थानीय प्रशासनको सक्रियतामा देवघाटको वेणी क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका १६ वटा अस्थायी टहरा भने पूर्ण रूपमा हटाइसकिएको छ ।

    त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल ‘वेणी’को स्नानघाट संरक्षण र धार्मिक क्षेत्रको सौन्दर्यकरणका लागि क्षेत्र विकास समितिले सातदिने सूचना जारी गरेपछि सो क्षेत्रका अनधिकृत संरचना हटाइएको छ । स्नानघाट संरक्षण पर्खालभन्दा तलको सार्वजनिक जग्गामा विभिन्न सङ्घसंस्था, जोगी, भिक्षु, पण्डित तथा व्यवसायीले ती टहरा बनाएर उपभोग गर्दै आएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.