सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज: चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड


  •    न्युजभित्तो/३ असार २०८३, बुधबार ११:०३ 
  • काठमाडौँ, ३ असार । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान र पुनःस्थापना’ नाराका साथ विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस मनाइँदै छ ।

    संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ मा जुन १७ लाई विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवसका रूपमा घोषणा गरेपछि सन् १९९५ देखि प्रत्येक वर्ष यो दिवस मनाउँन प्रारम्भ भएको हो

    मरुभूमिकरण, भूमि क्षयीकरण तथा खडेरीका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै दिगो भूमि व्यवस्थापनका लागि अन्तरराष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ ।

    राष्ट्रसङ्घका अनुसार चरन क्षेत्र पृथ्वीको आधाभन्दा बढी भू–भागमा फैलिएका विश्वका सबैभन्दा व्यापक तर प्रायः बेवास्ता गरिएका पारिस्थितिक प्रणालीमध्ये एक हुन् । खाद्य सुरक्षा, जलचक्रको सन्तुलन, जैविक विविधता संरक्षण तथा जलवायु अनुकूलनमा चरन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ । विश्वभर करिब दुई अर्ब मानिसको जीवनयापन यिनै चरन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ, जसमा पशुपालक समुदाय तथा आदिवासी समुदायहरू प्रमुख छन् ।

    यो दिवसका अवसरमा विश्व समुदायले चरन क्षेत्रको आर्थिक, पारिस्थितिक तथा सांस्कृतिक महत्वलाई स्वीकार गर्न, तिनका परम्परागत संरक्षकहरूको सम्मान गर्न तथा क्षयीकरण भएका चरन क्षेत्रको पुनस्र्थापनामा लगानी बढाउन आह्वान गरिएको छ ।

    राष्ट्रसङ्घले विश्वका झन्डै आधा चरन क्षेत्र क्षयीकरण भइसकेका जनाएको छ । यसबाट खाद्य तथा पानीको सुरक्षा, जैविक विविधता, जलवायु सहनशीलता तथा ग्रामीण जीविकोपार्जनमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ ।

    विशेषज्ञहरूले पनि दिगो भूमि तथा जल व्यवस्थापन, खडेरीपूर्व तयारी र समुदायको सहभागितामा आधारित पुनस्र्थापना कार्यक्रमलाई प्रभावकारी समाधानका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर कारागारबाट भागेका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
    कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
    सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
    • माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
    • बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    • जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    • बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.