सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेउलुङ बस्ती पहिरो जोखिममा


  •    न्युजभित्तो/२ असार २०८३, मंगलवार १७:२० 
  • म्याग्दी, २ असार । स्थानीय मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ । टाक्सेखोलाको फेदीदेखि सुरु भएको पहिरो बस्तीमै पुगेपछि जोखिम बढाएको हो ।

    सेउलुङका स्थानीय रविन खत्रीले खेतीयोग्य जमिन पहिरोले बगाउँदा त्यहाँका तीन घरसमेत उच्च जोखिममा परेको बताउनुभयो । “पहिराले दुई हलको बारी बगाइसकेको छ, आँगनमै पहिरो आइपुगेकाले बर्खामा घरमा बस्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।

    स्थानीय कर्णबहादुर खत्री, बलबहादुर खत्री र चित्रबहादुर खत्रीको घर पहिरोको उच्च जोखिममा परेको छ । पछिल्ला वर्ष निरन्तर पहिरो जाँदा करिब २० घरपरिवारको बसोबास रहेको सेउलुङ टोल, सयौँ रोपनी खेतीयोग्य जमिन र अदिभारा–डाडाँगाउँ–सोले–तमानखोला सडक पनि जोखिममा पर्ने खत्रीले बताउनुभयो । पहिरोका कारण नजिकको जमिन धाँजा फाटेर चिराचिरा परेको छ ।

    उहाँका अनुसार टाक्से हँुदै रुम जोड्ने सडक निर्माणसँगै पहिरो बग्न थालेको हो । फेदी टाक्सेमा जाली लगाए पनि माथिल्लो क्षेत्रमा पहिरो रोकिएको छैन । ठूलो क्षेत्रफल र लामो पहिरो भएकाले रोकथामको प्रयास सफल हुनसकेको छैन । मालिका गाउँपालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले गाउँपालिकाका प्राविधिक टोलीबाट पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरिए पनि प्रतिकूल र कठिन भूगोलका कारण तत्काल रोकथामको हुन नसकेको बताउनुभयो ।

    जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि पहल गरिएको उहाँले बताउनुभयो । पहिरो बढ्न नदिन भल व्यवस्थापनको प्रयास गरिएको वडाध्यक्ष बुढाले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस नेता श्रेष्ठको निधन
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो
    विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक
    • विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक
    • चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
    • ऐन विपरीत खाद्य पदार्थ उत्पादन-बिक्री गर्ने बाँकेका दुई व्यवसायीलाई जरिवाना र सजाय
    • अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.