सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बकैयामा २९ टन खरबुजा उत्पादन


  •    न्युजभित्तो/२ असार २०८३, मंगलवार १७:१९ 
  • मकवानपुर, २ असार । बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६ सामाखुसी बस्ने चुडामणि गौतम दम्पती स्थानीय बकैया गाउँपालिका–७ हात्तीखोलामा जग्गा भाडामा लिएर केही समयदेखि ड्राइगन र खरबुजाखेती गर्दै आउनुभएको छ ।

    कृषि उद्यमी गौतमले हाल उक्त जग्गाबाट उत्पादित करिब २९ टन खरबुजा चितवनको नारायगढ र हेटौँडाका बजारमा बिक्री गर्नुभयो । उहाँले त्यसबाट रु ११ लाख ३८ हजार रकम आम्दानी गरिएको राससलाई बताउनुभयो । सो खरबुजा हेटौँडा र भरतपुरमा प्रतिकेजी रु ३० सम्म बिक्री गरेको गौतमले बताउनुहुन्छ ।

    गौतम दम्पतीले उक्त जग्गाको प्रतिकट्ठा वार्षिक रु चार हजार भाडामा लिनुभएको थियो । भाडामा लिएको उक्त जग्गामा १० महिनाअघि पौष्टिक फल ड्राइगनको १२ हजार बिरुवा लगाइएको थियो ।

    उक्त ड्राइगन बिरुवाको वरिपरिको खाली जग्गामा मौसमी खरबुजाको चार हजार बिरुवा केही महिनाअघि रोपिएको उद्यमी गौतमले जानकारी दिनुभयो । उद्यमी गौतमले अझै केही दिन खरबुजा उत्पादन हुने भएकाले टोल छिमेकीले बारीमै पुगेर खरिद गर्ने जानकारी दिनुभयो । कृषि उद्यमी गौतमले केही महिनाअघि खरबुजाखेती र बिरुवा उत्पादन मलखाद सिँचाइ गर्न रु तीन लाख ४० हजार रकम लगानी गर्नुभएको थियो ।

    त्यस्तै पौष्टिक फल ड्राइगनखेती गर्न विभिन्न वित्तीय संस्था र लगानीकर्तासमेतबाट ऋण लिएर लगानी गरेको कृषक गौतम बताउनुहुन्छ । स्थानीय हात्तीखोलामा लगाइएको ड्राइगन अबको दुई महिनामा उत्पादन सुरु हुने र लगातार २० देखि २२ वर्षसम्म फल प्राप्त भइरहने उहाँ बताउनुहुन्छ ।

    उक्त कृषि बागवानी फार्ममा अहिले दुई महिलासहित ११ जानाले रोजगारी प्राप्त गरिरहेको संस्थापक राधिकाकुमारी गौतमले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.