सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव


  •    न्युजभित्तो/२ असार २०८३, मंगलवार १४:१७ 
  • महेन्द्रनगर (कञ्चनपुर), २ असार । जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका अनुसार यहाँ सहकारीमार्फत किसानलाई मल बिक्रीवितरण भइरहेको भए पनि डिएपी मल अभाव छ ।

    कृषि सामग्री कम्पनी लिमिटेडका शाखा प्रबन्धक हेमराज जोशीले यहाँबाट ४५० मेट्रिक टन डिएपी र ५०० मेट्रिक टन रसायनिक मल युरिया बिक्री वितरण भइसकेको जानकारी दिनुभयो । “हामीसित मौज्दात मल यहाँका १५० सहकारीमार्फत किसानसम्म वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “कञ्चनपुरका लागि हरेक वर्ष गहुँ र धानखेतीका लागि १०–१० हजार मेट्रिक टन डिएपी र युरिया मल आवश्यक पर्छ ।”

    कृषि सामग्री कम्पनी लिमिटेडले डिएपी प्रतिबोरा रु दुई हजार ३९४ र युरिया रु ९४४ मा बिक्री गरिरहेको जनाएको छ । “हामीले जिल्लाभरि डिलरसिप लिएका सहकारीमार्फत नै भएको मल वितरण गर्दैछौँ”, उहाँले भन्नुभयो, “मल अभाव हुने विषय देशव्यापी समस्या हो । त्यसमा पनि सुदूरपश्चिमको कोटा कम छ ।”

    उहाँले वार्षिक करिब ४०० मेट्रिक टन मल अभाव हुने गरेको बताउनुभयो । खुला सीमानाका कारण कञ्चनपुरका विभिन्न स्थानमा भारतबाट समेत फाटफुट रूपमा मल आयात हुने गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.