सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुशासनका योजना लैङ्गिक उत्तरदायी हुनुपर्छ: उपाध्यक्ष भण्डारी


  •    न्युजभित्तो/१९ जेष्ठ २०८३, मंगलवार १५:५५ 
  • काठमाडौँ, १९ जेठ । राष्ट्रियसभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीले देशको खाद्य सुरक्षा र जैविक विविधता सुशासनका योजना अनिवार्य रूपमा लैङ्गिक उत्तरदायी हुनुपर्नेमा जोड दिनुभएको छ ।

    प्राकृतिक स्रोत महिला अधिकार सञ्जाल र कृषि तथा खाद्य सङ्गठन नेपालको संयुक्त आयोजनामा यहाँ आज आयोजित ‘लैङ्गिक उत्तरदायी खाद्य सुरक्षा र जैविक विविधता सुशासनको प्रवर्द्धनमा संसदीय संवाद’ विषयक एक दिने कार्यक्रममा भण्डारीले सो कुरा व्यक्त गर्नुभएको हो ।  

    उपाध्यक्ष भण्डारीले ग्रामीण अर्थतन्त्र, खाद्य सुरक्षा एवं जैविक विविधताको संरक्षणमा महिलाको भूमिका महत्वपूर्ण रहको चर्चा गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर खाद्य सुरक्षा र जैविक विविधतामा परिरहेको बताउनुभयो ।  

    सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्यमार्फत रैथाने प्रविधिको प्रवर्द्धन, साना किसान एवं महिलाको क्षमता अभिवृद्धि र प्राकृतिक स्रोतमा उनीहरूको न्यायोचित अधिकार स्थापित गर्न कानुनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा भण्डारीले जोड दिनुभयो ।  

    आयोजक संस्था प्राकृतिक स्रोत महिला अधिकार सञ्जालकी अध्यक्ष आरती पाठकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रियसभा  प्रतिनिधिसभा प्रदेशसभा सदस्य, स्थानीय सरकारका प्रतिनिधि, विषय विज्ञ, नीति निर्माता तथा विभिन्न सरोकारवाला निकायको उपस्थिति  थियो ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
    राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
    पर्यटकका आर्कषणमा ऐना पहरा
    • बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर
    • धापखर्कका १३ घरमा पानीको अभाव
    • सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव
    • नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.