सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ स्वरूपमा ‘माइतीघर


  •    न्युजभित्तो/१५ भाद्र २०८२, आईतवार १२:३१ 
  • काठमाडौँ, १५ भदौ । मुलुकभित्र निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’ मा समावेश शीर्ष गीत ‘प्राणभन्दा प्यारो माइतीघर’ अहिलेको पुस्तामा पनि लोकप्रिय छ । आशा भोस्लेले स्वर दिनुभएको उक्त गीतलाई नयाँ स्वरूपमा तयार गरिएको छ । 
    नाम उही, गीत उही ‘माइतीघर’ राखिए पनि नयाँ परिवेशमा पुरानो मर्म रहनेगरी तयार गरिएको निर्माता रोहित अधिकारीले बताउनुभयो । उहाँले निर्माण गर्नुभएको ‘माइतीघर’ चलचित्रमा पुरानै गीतलाई नयाँ स्वरूपमा तयार गर्नुभएको हो । 
    गीतमा सञ्जिवनीले स्वर दिनुभएको जनाउँदै अधिकारीले स्वर्गीय जयदेवले सिर्जना गर्नुभएको सङ्गीत र किरण खरेलले रचना गर्नुभएको शब्दअनुसार नयाँ स्वरूपमा तयार गरिएको बताउनुभयो । उहाँका अनुसार पुरानो गीतलाई स्वरमात्र नयाँ दिएर तयार गरिएको हो । 
    उहाँले भन्नुभयो, “पुरानो नाममै चलचित्र निर्माण गर्ने निर्णय गरेपछि कालजयी उक्त गीतलाई नयाँ स्वरूपमा ल्याउने तयारी गरेर अहिले सार्वजानिक गरेका छौँ । पुरानो गीतको मर्मलाई कायम राख्दै नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले चलचित्रमा समावेश गरेका हौँ । गीतले चलचित्रको कथालाई अगाडि बढाउँछ ।”
    निर्माता अधिकारीले उक्त गीतमा श्रव्यदृश्य ९भिडिओ० बनाउनेमध्येबाट उत्कृष्टलाई रु पाँच लाख पुरस्कार राशि प्रदान गरिने जानकारी दिनुभयो । यसका लागि प्रतियोगिता घोषणा गरिएको उहाँले बताउनुभयो । 
    “गीतको श्रव्यदृश्यमा राम्रो नृत्य गरेर हामीलाई पठाउनेमध्ये एक जनाले चलचित्र सार्वजनिक रूपमा प्रदर्शन हुनु अगाडि प्रतियोगिताको विजेता घोषणा गरी पुरस्कार पाउनुहुनेछ । प्रतियोगितामा सहभागी हुन ४० सेकेण्डदेखि २ मिनेटसम्मको श्रव्यदृश्य तयार गरेर हामीलाई पठाउनुपर्नेछ । यसले गीतलाई नयाँ पुस्तामा पु¥याउनुका साथै चलचित्रको प्रचारप्रसारमा मद्दत गर्नेछ”, निर्माता अधिकारीले भन्नुभयो । 
    उक्त गीतमा अभिनेत्रीद्वय उपासना सिंह ठकुरी र श्याम श्री शेर्पाले अभिनय गर्नुभएको छ । गीतको श्रव्यदृश्यमा कविराज गहतराजले नृत्य निर्देशन, मानकृष्ण महर्जन र सुशन प्रजापतिले संयुक्त रूपमा छायाङ्कन र सुरेन्द्र पौडेलले सम्पादन गर्नुभएको छ । 
    मिलन तामाङको निर्देशनमा तयार भएको उक्त चलचित्रमा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, सङ्गीता थापालगायत कलाकारले अभिनय गर्नुभएको छ । चलचित्र दसैँको अवसर पारेर फूलपाती (असोज १३ गते)देखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.