सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इलाममा एक सय ४६ मिलिमिटर वर्षा, राति पश्चिममा मनसुन सक्रिय


  •    न्युजभित्तो/३० श्रावण २०८२, बिहीबार १०:३८ 
  • काठमाडौँ, २९ साउन । मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इलाममा वर्षा भएको छ । बुधबार साँझ पछिल्लो २४ घण्टामा इलामको कन्याममा १४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर वर्षा भएको छ । झापाको अनारमनीमा १२५ मिलिमिटर, सुनसरीको चतरामा ११२ मिलिमिटर, उदयपुरको गाईघाटमा ११४।४ मिलिमिटर वर्षा भएको छ ।

    कास्कीमा पनि पछिल्लो २४ घण्टामा १२४ मिलिमिटर, सिन्धुपाल्चोकको गोब्रेमा १०८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा धेरै भारी वर्षा भएको विभागले जनाएको छ ।

    अन्य नौ मापन केन्द्रमा ८० देखि १०० मिलिमिटरको बीचमा वर्षा भएको छ । यो भारी वर्षा हो । विभागका अनुसार झन्डै ५० भन्दा बढी वर्षा मापन केन्द्रमा ५० देखि ६० मिलिमिटरको बीचमा वर्षा भएको छ ।

    प्राप्त विवरणअनुसार ती जिल्लाबाहेक दार्चुला, डोटी, जुम्ला, बाजुरा, जाजरकोट, रुकुम, पर्वत, सुर्खेत, गुल्मी, रुपन्देही, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, बारा, काठमाडौँका तीन जिल्ला, दोलखा ओखलढुङ्गा, सङ्खुवासभा, धनकुटा, धनुषा, उदयपुर, झापालगायत जिल्लामा वर्षा भएको छ ।

    मङ्गलबारदेखि पुनः मनसुन सक्रिय भएर बुधबार देशभर बदली भई धेरै ठाउँमा वर्षा भएको हो । विभागका सूचना अधिकारी दिनकर कायस्थले मनसुन सक्रिय भइरहेको बताउनुभएको छ ।

    विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भू–भागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने जनाएको छ ।

    हाल देशभर पूर्णतया बदली रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.