सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

७४ औं मदन जयन्तीमा चितवनको दासढुंगामा वृक्षारोपण गरिने


  •    न्युजभित्तो/१३ असार २०८२, शुक्रबार ०९:१९ 
  • चितवन, १३ असार । नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्ती देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाईदै छ । मदन भण्डारी फाउण्डेशन चितवनले भरतपुर महानगरपालिका वडा नं. २९ स्थित दासढुंगामा वृक्षारोपण गर्ने भएको हो ।

    मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार दासढुंगाको माथिल्लो भागमा रहेको जग्गामा विभिन्न फलफूलका विरुवा रोप्ने कार्यक्रम रहेको छ । ७४ औं मदन जयन्तीको अवसरमा फलफूलका विरुवा रोप्ने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो । असार १४ गते बिहान ८ बजेदेखि कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो । फाउण्डेशनले यस अघि लगातार दुई वर्ष कालिकामा र अर्काे दुई वर्ष माडीमा मदन जयन्तीको अवसर पारेर फलफूलका विरुवा रोपेको उहाँको भनाई छ ।

    वि सं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ।

    वि सं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिनु भएका भण्डारीको वि सं २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी निधन भएको थियो। जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता तथा विचारकका रुपमा रहनु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.