चितवनमा महिला सशक्तिकरण र साहसिक मोटरस्पोट्र्सको लागि ऐतिहासिक ¥याली हुँदै
न्युजभित्तो/१६ चैत्र २०८१, आईतवार १४:२३
चितवन, १७ चैत । बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनले महिलाहरुका लागि मात्र मोटरस्पोट्र्स ¥याली आयोजना गर्ने भएको छ । आज एसोसिएसनले सौराहमा पत्रकार सम्मेलन गर्दै चितवनका पर्यटकीय क्षेत्रहरूलाई समेट्दै आगामी चैत २५ गते मोटरस्पोट्र्स ¥याली आयोजना गर्ने जानकारी गराएको हो ।
महिलाहरूका लागि मात्र आयोजना हुने यो ¥यालीमा नेपालभरका इच्छुक महिला ले सहभागिता जनाउन सक्ने बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाले जानकारी दिनुभयो ,
कार्यक्रमले बाइक टुरिजम, महिला सशक्तिकरण र साहसिक खेलकुदलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको अध्यक्ष पियाको भनाइ छ । भरतपुर, मेघौली, गोलाघाट, जगतपुर, पटिहानी र सौराहालाई जोड्ने गरी यो ¥याली आयोजना गर्न गइरहेको उहाँले बताउनुभयो ।
भरतपुरको नारायणी किनारबाट सुरु हुने यो प्रतियोगितामा ३० गाडीमा ६० जना नेभिगेटरसहित सहभागी गराउने योजना रहेको उहाँले बताउनुभयो । ‘‘समय, दूरी र गतिमा आधारित यो ¥यालीमा सहभागीहरूले तोकिएको रुटमा आफ्नो कौशल प्रदर्शन गर्नेछन् ।’’ अध्यक्ष पियाले भन्नुभयो । विजेताले शिल्ड र प्रमाणपत्र प्राप्त गर्नुका साथै विशेष स्टेजका उत्कृष्ट दुई जनालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर प्रदान गरिनेछ ।
अध्यक्ष पियाका अनुसार, यो ¥यालीले चितवनको पर्यटन प्रवद्र्धन गर्नुका साथै मोटरस्पोट्र्सको क्षेत्रमा महिलाहरूको उपस्थिति बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाललेले उद्घाटन गर्ने र रत्ननगरका मेयरले समापन गर्ने यो कार्यक्रमको कुल बजेट ११ लाख ६० हजार अनुमान गरिएको छ । सहभागीहरूका लागि खेलकुद बिमा, रेसिङ र सडक सुरक्षा अभिमुखीकरण पनि गरिनेछ ।
यस प्रतियोगिताको लागि प्रत्येक सहभागीले १ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने जनाइएको छ। चितवन बाहिरबाट आउने सहभागीहरूका लागि एक रातको आवास व्यवस्था गरिएको अध्यक्ष पियाले जानकारी दिनुभयो ।