सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालीगण्डकी नदी संरक्षणका लागि पाँचबुँदे घोषणापत्र जारी


  •    न्युजभित्तो/८ फाल्गुन २०८१, बिहीबार १४:१४ 
  • दमौली , ८ फागुन । तनहुँको देवघाट गाउँपालिका–५ स्थित महेश सन्यास आश्रम रामानन्द अनुसन्धान केन्द्रको आयोजनामा सम्पन्न गण्डकी सभ्यताको संरक्षणका निम्ति गण्डकी विमर्श सभाले कालीगण्डकी नदी संरक्षणका लागि पाँचबुँदे ‘गण्डकी घोषणापत्र’ जारी गरेको छ ।

    उक्त पाँचबुँदे घोषणामा पवित्र कालीगण्डकी नदीलाई संसारभरका हिन्दू सनातनीको सांस्कृतिक सम्पदा र नेपालको राष्ट्रिय नदीका रूपमा स्थापित गर्न अभियान सञ्चालन गर्ने, कालीगण्डकीको प्राकृतिक स्वरूप र अविरल स्वच्छ प्रवाह सुरक्षित गर्ने, गण्डकीको तल्लो तटीय क्षेत्रसम्म शालग्रामको निर्बाध उपलब्धतामा बाधा–व्यवधान गर्ने मानवीय अतिक्रमण र दोहनको विरोध गर्ने, गण्डकीका गर्भक्षेत्रमा हुने मानवीय प्रदूषण ९फोहोर, मैला, मल–मूत्र विसर्जन० को निराकरणका निम्ति जनचेतनाका कार्य गर्ने तथा कृष्णागण्डकीको दुर्लभ महत्व र सौन्दर्यको प्रचार–प्रसार गरी धार्मिक पर्यटनको प्रवद्र्धनका निम्ति सन्तहरूको अगुवाइमा कृष्णागण्डकी पदयात्रा आयोजना गर्ने उल्लेख छ ।

    वैदिक चेतनाका मूल स्रोत हिमवत्खण्डका पावन हिमशृङ्खलाबाट निःसृत, संसारका सनातनी हिन्दू समुदायको आस्थाको केन्द्र, पवित्र कृष्णागण्डकीको प्राकृतिक स्वरुप र अविरल स्वच्छ प्रवाहलाई संरक्षण गर्दै गौरवशाली गण्डकी सभ्यताको प्रवद्र्धन गर्ने उद्देश्यले आश्रममा विमर्श सभा गरिएको महेश संस्कृत गुरुकुलका प्राचार्य फणीन्द्र पौडेलले जानकारी दिनुभयो ।

    कार्यक्रममा कालीगण्डकी नदीका बारेमा विद्यावारिधि गर्ने संरक्षणकर्ता डा कुलराज चालिसेले कालीगण्डकी डाइभर्सनले पार्ने प्रभाव र असर, संरक्षणकर्मी रचना भट्टराईले कालीगण्डकी र शालिग्रामको महत्व, संरक्षणकर्मी अदिप्त गिरीले कालीगण्डकीमा मानवीय अतिक्रमण र त्यसले पारेको प्रभावको विषयमा, पृथ्वीनारयण क्याम्पस पोखराका प्राध्यापक डा रामचन्द्र बरालले कालीगण्डकीका तटवर्ती क्षेत्रमा हुने आध्यात्मिक चिन्तनका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    रामानन्द अनुसन्धान केन्द्र पूर्वीय संस्कृति, धर्म, दर्शन, सभ्यता र ज्ञानविज्ञानको अध्ययन अनुसन्धानका निमित्त खोलिएको तथा विगतका दिनमा पूर्वीय वाङ्मय र सभ्यतासँग सम्बन्धित विचार–विमर्श गर्दै आएको छ । विमर्श सभामा कालीगण्डकी नदीको प्रचार–प्रसार, संरक्षण र संवद्र्धनमा लागिपरेका अभियानकर्मी, सरोकारवाला, स्थानीय निकाय, मठमन्दिर आश्रम तथा स्थानीय जनसमुदायको सहभागिता रहेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.