सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुचनाका हकका लागि राष्ट्रिय महासंघ चितवनको अध्यक्षमा ढुंगाना


  •    न्युजभित्तो/३० माघ २०८१, बुधबार १८:१४ 
  • भरतपुर,३० माघ।  सुचनाका हकका लागि राष्ट्रिय महासंघ चितवनको तदर्थ समिति गठन गरिएको छ । आज (बुधवार) भरतपुरमा बसेको विशेष बैठकले पत्रकार बसन्त ढुंगानाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सबिता अधिकारी, सचिवमा सुनिल पराजुली, सह–सचिवमा आश्मा राई, कोषाध्यक्षमा निशा श्रेष्ठ र सदस्यहरुमा अधिवक्ता सञ्जु ढकाल, समिर चापागाई , अनिष थापामगर रहनुभएको छ ।
    समितिमा पत्रकार, शिक्षक र अधिवक्ता हुनुहुन्छ । समितिले सुचनाको हकको पैरवीको लागि चितवनमा रहेर विशेष काम गर्ने नवनियुक्त अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।

    संविधानले सुनिश्चित गरेको मौलिक हकका साथै सूचनाको हक सम्बन्धि ऐन २०६४ अनुसार सर्वसाधारणसँग सरोकार राख्ने प्रत्येक सार्वजनिक निकायको सूचना प्राप्त गर्न पाउने नागरिकको हक स्थापितका लागि यस संस्थाले काम गर्नेछ ।

    बैठकमा नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य ईश्वर जोशी, नेपाल पत्रकार महासंघका निवर्तमान सचिव सिर्जना अर्याल र प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको विशेष उपस्थिती रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.