सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आरोही पूर्णिमा श्रेष्ठ सीएनएनको सूचीमा


  •    न्युजभित्तो/१४ पुष २०८१, आईतवार १२:१४ 
  • काठमाडौं, १४ पुस। विश्वप्रसिद्ध सञ्चार संस्था सीएनएनले नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वर्ष २०२४ को सफल खेलाडीको सूचीमा राखेको छ ।

    सन् २०२४ मा विश्वभरीमा उल्लेखनीय सफलता हासिल गरेका खेलाडीहरूलाई समेटिएको सूचीमा पूर्णिमा पनि परेकी हुन् । सीएनएनले पूर्णिामले दुई हप्तामा तीनपटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउँदै इतिहास रचेको उल्लेख गरेको छ । सीएनएनले यो उपलब्धि केवल १३ दिनमा हासिल गरेको भन्दै फोटो पत्रकार समेत रहेकी श्रेष्ठलाई सूचीमा राखेको छ ।

    ‘मेरो शरीर थकित भएको थियो। म आफूलाई कहिलेकाहीं मूर्ख महसुस गर्थें। उद्देश्यबाट पछि हटौं कि जस्तो लाग्थ्यो,’ सीएनएन स्पोर्टसँग उनले भनेकी छन् । धेरै खर्चका कारण यो काम मुस्किल भए पनि आफ्नो सपनामा अडिग भएकोले सफल हुन सकेको उनको बुझाइ छ ।

    पूर्णिमाले सन् २०२१ मा सातौं अग्लो हिमाल, माउन्ट धौलागिरी, आरोहण गर्ने पहिलो नेपाली महिला बन्ने कीर्तिमान पनि राखेकी छिन्।पूर्णिमाले सीएनएनको सम्मानप्रति गौरवान्वित महसुस गरेको बताएकी छन् । शनिबार साँझ सामाजिक सञ्जालमा एक सन्देश शेयर गर्दै उनले सन् २०२४ जीवनको एक ऐतिहासिक वर्ष बन्न पुगेको बताएकी छन् ।

    ‘यो वर्ष, सन् २०२४ मेरो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुग्यो । यसै वर्ष म एउटै आरोहण सिजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएँ’ उनले भनेकी छन्, ‘यस यात्रामा मलाई साथ र हौसला दिने मेरो परिवार, साथीहरू र सबै तपाईंहरूलाई धन्यवाद । आउँदो वर्ष सन् २०२५ अझ नयाँ उचाइहरू र साहसिक यात्राहरूको वर्ष बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.