सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चित्तौन कचेहरीको दोस्रो शृङखलामा के के कार्यक्रम हुँदैछन् ?


  •    न्युजभित्तो/२१ मंसिर २०८१, शुक्रबार १५:३३ 
  • चितवन,२१ मंसिर । चित्तौन कचेहरीको दोस्रो शृङखला यहि मंसिर २८ र २९ गते हुने भएको छ । गत वर्षदेखि शुरु भएको चित्तौन कचेहरीको दोस्रो शृङखला नारायणगढको नारायणी कला मन्दिरमा हुने भएको हो ।

    आज  भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रममा नेपाल भारत र पाकिस्तान गरी ५० जना वक्ताहरु उपस्थित रहने जनाईएको छ । पाकिस्तानी लेखक, वैज्ञानिक, अभियन्ता तथा वौद्धिक अगुवा डा.परवेज हुडबोयले विद्वत प्रवचन दिने चित्तौन कचेहेरीकी निर्देशक सरिता तिवारीले जनाकारी दिइन् ।

    उक्त कार्यक्रम बेटर चितवनको आयोजनामा र डबली द स्पेस, मन्धन चितवन, नारायणी कला मन्दिर र न्यु लाइफ मिसनको संयूक्त सह–आयोजना हुने भएको हो । बेटर चितवनका संस्थापक सागर कार्की कार्यक्रमको संयोजक रहेका छन् भने लेखक सरिता तिवारी उत्सव निर्देशक र जीवन क्षेत्री सह (निर्देशक रहेका छन् ।

    दुई दिन हुने कार्यक्रममा विभिन्न विषय समेटेर बहस हुने छ । दुवै दिन ६ र ६ वटा सत्र सञ्चालन हुने कार्यक्रम संयोजक सागर कार्कीले जनाकारी दिए ।

    ‘कार्यक्रमलाई समावेशी बनाउन हामीले भौगोलिक समावेशीकरणदेखि लैंगिक समावेशितासम्मका प्रयत्न गर्ने हाम्रा सत्रहरूमा सातै प्रदेशका विभिन्न क्षेत्रका अनुभव ग्रहण गरेका, अनुसन्धानकर्मी, राजनीतिज्ञ र लेखक र कविहरूको अत्यन्तै अर्थपूर्ण सहभागिता रहने छ ।’ कार्यक्रम संयोजक कार्कीले भने ।

    साथै उत्सवभर उठ्ने धेरै किसिमका सवालहरुको जवाफ माग्न र पदीय जवाफदेही माग गर्न नयाँ युगको राजनीतिसम्बन्धी सत्रमा चार प्रमुख राजनीतिक दलका नेताहरु सम्मिलित एउटा सत्र समेत समेटेको कार्यक्रम संयोजक सागर कार्कीले जनाकारी दिए ।

    ०८० सालमा भएको उत्सवको पहिलो संस्करणमा चितवनको बस्ती विकास तथा देशैभरको विकासमा किनारा लगाइ‌एका आदिवासीका मुद्दा प्रमुख रुपमा उठाइएको थियो भने यस पटक दक्षिण एसियाको राजनीतिमा देखा परेको साम्प्रदायिक उभार, घृणा, ध्रुवीकरण र हिंसामाथि मुल रुपमा चर्चा हुनेछ ।

    चितवनमा दुई दिन उत्सवका मुल कार्यक्रम भए पनि काठमाडौंमा विभिन्न प्राज्ञिक कार्यक्रमहरुसहित यही मंसिर २५ देखि शुरु भएर एक सातासम्म यो उत्सवको दोस्रो संस्करणका विभिन्न कार्यक्रमहरु चल्ने छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.