सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘बाढीपहिरो प्रभावितलाई तत्काल आश्रयको व्यवस्था गरौँ ‘


  •    न्युजभित्तो/३ कार्तिक २०८१, शनिबार १४:५८ 
  • काठमाडौँ, ३ कात्तिक । बाढीपहिरो तथा डुबान प्रभावित जिल्लाका प्रतिनिधिसभा सदस्यले क्षति भएका सडकलगायत पूर्वाधारको पुनःनिर्माण, वस्ती स्थान्तरण तथा पीडितलाई तत्काल आर्थिक सहयोगमा प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ ।
    उहाँहरुले सङ्घीय राजधानीसँग जोडिने र बाहिरिने तथा अन्य मुख्य सडक जुनसुकै विपद्को अवस्थामा नटुट्ने स्थिति बनाउन राज्यले विशेष ध्यान पु¥याउन आग्रह गरेका छन् ।
    प्रतिनिधिसभा सदस्यहरुले नदी र खोला किनारा तथा भीर पहरामा गैरकानुनी ढङ्गबाट खानी चलाउने कार्यले बाढी पहिरो र विपद्का घटना निम्त्याएकाले त्यस्ता गतिविधिलाई तत्काल बन्द गराउन राज्यको सक्रियता आवश्यक रहेको बताउनुभयो ।
    ९गत असोज १० देखि १२ गते सम्म भएको वर्षापछि आएको बाढी पहिरो प्रभावित धादिङ र दोलखाका सांसदसँग ती जिल्लामा भएका क्षति, राहत र अबको प्राथमिकताबारे राससले गरेको कुराकानीको सम्पादित अंशः
    सङ्घीय राजधानीसँग सडक सञ्जाल टुट्न नहुने स्थिति बनाउनुपर्छ
    – राजेन्द्रप्रसाद पाण्डे -धादिङ
    धादिङ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यको नाताले पछिल्लो बाढी पहिरोको घटनापछि सरकारले गरिरहेका कामकारबाहीप्रति मेरो केही प्रतिक्रिया छ । यसवर्ष तुलनात्मकरुपमा बढी वर्षात् हुने पूर्वानुमान र त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन फितलो देखियो । जल तथा मौसम विज्ञान विभागको पूर्वचेतावनीका आधारमा सम्भावित जोखिमको आँकलन गरी जुनस्तरको पूर्वतयारी र व्यवस्थापनमा समयमै निर्णय लिन पथ्र्यो, कमजोरी भयो । यस्ता घटनाबाट आगामी दिनमा त्यसप्रकारको क्षति हुन नदिन के–कस्तो रणनीति बनाउने भनी शिक्षा लिनुपर्छ ।
    यसवर्ष तीन दिनको अविरल वर्षाबाट काठमाडौँ उपत्यका भित्रने सबै नाका ठप्प हुँदा त्यसको प्रभाव मुलुकभर नै प¥यो । काठमाडौँ र धादिङको सीमानामा पर्ने झ्याप्ले खोलामा पहिरो जाँदा त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलगायत देशको पश्चिम भाग जाने सबै आवगमन ठप्प हुन पुग्यो । त्यस्तै विपी र कोदारी राजमार्ग पनि बाढीपहिराले क्षतविक्षत भए । राजधानीसँग जोड्ने देशभरका सबै सडक एकैसाथ अवरुद्ध भएपछि अवस्था जटिल बन्यो । सिङ्गो मुलुकको ‘लाइफ लाइन’का रुपमा रहेका कतिपय सडक र पुल भत्किए । जसबाट आवागमन प्रभावित भयो ।
    यस घटनाबाट सङ्घीय राजधानीसँग जोड्ने र बाहिरिने सडक जस्तोसुकै विपद् आउँदा पनि टुट्न नहुने स्थिति  बनाउनुपर्छ भन्ने पाठ सिकाएको छ । तीन तहकै सरकारले यस कुरामा ध्यान पु¥याउनुपर्छ । राजधानी भित्र्ने नागढुङ्गा नाकाको विकल्पकारुपमा म तत्कालीन स्थानीय विकास मन्त्री हुँदा रु एक करोड २० लाख बजेट विनियोजन गरी सीतापाइला–धार्के सडक सुरुआत गरिएको हो । यसपटक झ्याप्ले खोलामा आएको पहिरोले त्यो सडकको आवश्यकता र महत्व उजागर भएको छ । त्रिभुवन राजपथ अवरुद्ध भएपछि सो सडकमा सवारी चाप निकै बढ्यो । महत्व पुष्टि भयो ।
    उक्त सडकबाट साना तथा हलुका सवारी साधन उपत्यका प्रवेश र बर्हिगमनका लागि  ठूलो सहयोग पुगेको छ । अब यो सडक बाह्रै महिना निर्वाध सञ्चालन हुने गरी स्तरोन्नति गरिनुपर्छ । सरकारले पुनःनिर्माणका सन्दर्भमा काठमाडौँ जोड्ने सडक कुनै पनि अवस्थमा नरोकिने विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ । पृथ्वीराजमार्ग स्तरोन्नतिको काम छिटो सम्पन्न गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्छ । खानीखेलाबाट बाड्भञ्याङ हुँदै काठमाडौँ प्रवेश गर्ने सडक कालोपत्रे गर्न अब विशेष ध्यान पु¥याउनुपर्छ ।
    धादिङस्थित नदी र खोला किनारमा अन्धाधुन्ध डोजर प्रयोग गरी प्राकृतिक सम्पदाको दोहन गरिँदा त्यसबाट निम्तने विपद् भयानक हुन सक्छ । त्यसबारे समयमै सोच विचार पु¥याउन आवश्यक छ । त्यसकारण खोला किनारा तथा भीरपहरामा गैरकानुनी ढङ्गबाट मापदण्ड विपरित स्वीकृति नलिइ खानी चलाउने काम तत्काल बन्द गर्नुपर्छ । अहिले खोलाका किनारमा धेरै डोजर प्रयोग गरी प्राकृतिक सम्पदा नोक्सान गर्ने काम भएको छ । त्यसमा संलग्न व्यवसायीले गैरकानुनी ढङ्गले काम गर्ने मात्र नभई राज्यलाई कर नतिर्ने कार्य भइरहेको छ । त्यसबाट हुन सक्ने प्राकृतिक जोखिम र क्षति आँकलन गर्न गाह्रो भएको छ । खोलाका किनारका खेतीयोग्य जमिन यसै पटकको बाढीले पुरेर नोक्सानी पु¥याएको छ । त्यो क्षतिको पनि आँकलन गर्न सक्ने अवस्था छैन । त्यसकाण पनि गैरकानुनी ढङ्गले खानी चलाउने तर कर नतिर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।
    राहत र पुनःस्थापना द्रुत गतिमा हुनुपर्छ   ः गङ्गा कार्की -दोलखा
    सङ्कटग्रस्त क्षेत्र असमान ढङ्गबाट घोषणा गरिएको छ । त्यो क्षतिको यथार्थमा आधारित छैन । दोलखालाई सङ्कटग्रस्त सूचीको तेस्रो श्रेणीमा राखिएको छ, यो बेठिक छ किन भने यहाँ क्षति धेरै भएको छ । त्यसलाई सच्याउनपर्छ । बाढीपहिराबाट माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा क्षति भएको छ । त्यहाँ नेपाली सेनाका दुई र अरु दुई जना कर्मचारीको मृत्यु भएको छ । खिम्तीलगायत अन्य जलविद्युत् आयोजनामा क्षति पुगेको छ । जिल्लाभित्र बाढी पहिरोबाट अवरुद्ध भएका बाटोघाटालाई व्यवस्थित तुल्याउन राज्यले प्रभावकारी ढङ्गबाट काम गर्नुपर्छ । राहत र पुनःस्थापनामा सरकारबाट हेलचक्याइँ हुनभएन ।
    राज्यले नजिकिँदो चिसो मौसमलाई ख्याल गरी प्रभावित क्षेत्रका नागरिक घर बस्न पाउने अवस्था बनाओस् । जिल्लाको बिँगु, शैलुङ र गौरीशङ्कर गाउँपालिकामा बढी क्षति पुगेको छ । पहिरो नियन्त्रण, राहत वितरण, भत्केका घर टहरा तथा सडक निर्माण, बेपत्ताको खोजी मुख्य विषय हो । स्थानीय सरकारले मात्रै पुनःनिर्माण गर्न सम्भव छैन । सङ्घीय सरकारले सहयोग गर्नुपर्छ । पुनःस्थापना, पीडितलाई गास, बास र कपास  तथा  बस्ती स्थान्तरण विषयलाई सरकारले प्राथमिकतामा राखेर काम गरोस् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.