सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजदेखि धरहरा खुला, केही दिन निःशुल्क चढ्न पाइने


  •    न्युजभित्तो/३ आश्विन २०८१, बिहीबार १४:२२ 
  • काठमाडौं,असोज । २०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको नेपालको घरहरा पुनर्निर्माण भइसकेको छ। असोज ३ गते संविधान दिवसको दिन पारेर धरहरा सर्वसाधारणका लागि खुला हुँदै छ। संविधान दिवसको अवसरमा खुला गरिने घरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन। धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयका प्रवक्ता विनु बज्राचार्यले जानकारी गराएकी छन्। उनका अनुसार संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने सरकारको निर्णय अनुसार नै बिहीबारदेखि सबैका लागि चढ्न मिल्ने गरी धरहरा खुला गरिएको हो। परीक्षणका लागि बुधबार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो। धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएको हो।

    २०७८ साल वैशाख ११ मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो। तर, पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन। उद्घाटनको समयमा मूल धरहराको निर्माण नसकिए पनि अन्य संरचना निर्माण ४२ प्रतिशत मात्रै पूरा भएको थियो।

    सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुमन सालीकका अनुसार भवन निर्माणको आधुनिक व्यवस्था अनुसार नै धरहरा निर्माण गरिएको छ। सुरक्षाका हिसावले पूर्ण विश्वास गर्न सक्ने अवस्थामा धरहरा निर्माण पूरा भएको हो। सरकारले अर्को व्यवस्था नगर्दासम्म केही समय निःशुल्क रूपमा नै धरहरा चढ्न सकिने उनले बताए। रंगरोगन र शृंगारका केही कामहरू बाँकी रहे पनि यसले खास समस्या नपर्ने उनले जानकारी दिए। धरहरा निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाएको थियो। प्राधिकरणको अवधि सकिएपछि सहरी विकास मन्त्रालय मातहत सहरी विकास तथा भवन निर्माण विभागलाई बाँकी निर्माणको काम हस्तान्तरण गरिएको थियो। त्यसपछि भवन विभागले नै यो आयोजना सञ्चालन गरिरहेको छ।

    धरहरा पुनर्निर्माण गर्नका लागि २०७५ साल असोज १४ गते जीआईईटीसी–रमण जेभीले ठेक्का पाएको थियो। २ वर्षभित्र निर्माण पूरा गरिसक्नुपर्ने समय राखेर ठेक्का लिएको रमन जेभीले छैटौंपटक म्याद थप गरेपछाडी मात्रै धरहरा निर्माणको काम लगभग पूरा गरेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.