सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गुञ्जिन थाले तीजका भाका


  •    न्युजभित्तो/१९ भाद्र २०८१, बुधबार १६:१५ 
  • म्याग्दी, १९ भदौ ।  
    छोरी –  ‘पराइ घरमा दुःख पाएकी छोरीलाई के लाउँछ,
    आमा- तिम्रो सम्झनाले मुटु जलाउँछ ।’
    आमा –  ‘धेरै अत्यास लाग्यो भने फोनमा होला बोलनी
    अहिलेको तीजमा त छोरी आउनी होला नि’
    यी भाका मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा आयोजित तीज विशेष कार्यक्रममा आमा छोरीको सन्दर्भमा स्थानीयले गाएका हुन् राष्ट्रिय समाचार समिति ९रासस० महिलाहरुको महान् पर्व हरितालिका तीजका अवसरमा स्थानीय लाल युवा क्लब, भगवती र शिवालय आमा समूहले संयुक्त रुपमा महिला दिदीबहिनीका लागि दर खुवाउने कार्यक्रम आयोजना गरिएको थियो । विवाह गरेर पराइ घरमा गएकी छोरी र तीजमा छोरीको पर्खाइमा रहनुभएकी आमाबीचको भालाकुसारीलाई गीतमार्फत प्रस्तुत गरिएको थियो ।
    रातै सारिमा सजिएका महिलाहरु कोही गाउने, कोही नाच्ने लहरमा थिए । गाउन र नाच्न नमान्नेहरु ताली बजाएर साथ दिइरहेका थिए । गाउँका अगुवा पुरुषहरु आमाछोरीको दोहोरीमा मादल बजाएर साथ दिइरहेको दृश्यले नेपाली मौलिक तीज पर्व मनाउने पुरानो चलनको आभास दिएको थियो ।
    दुई आमा समूहबीचमा भएको दोहोरी प्रस्तुतिले कार्यक्रममा सहभागी भएका सबैको मन जितेको लाल युवा क्लबका पूर्वअध्यक्षसमेत रहनुभएका स्थानीय राष्ट्रिय जनजागृति माविका प्रधानाध्यापक टेक राम्जालीले बताउनुभयो ।
    “कार्यक्रममा पुरानो भाकामा दिदीबहिनीहरुले दोहोरी गाउनुभयो, दोहोरीमा महिलाका पीर, वेदना र भावनाहरु पोखिए, नाच्दानाच्दै कतिपयको आँखा पनि रसाए, हामीले पनि साँच्चिकै तीज विशेष कार्यक्रम भएको महसुस गर्‍यौँ’’, उहाँले भन्नुभयो । पछिल्लो समय तीज विशेष कार्यक्रमहरु खर्चिलो र भड्किलो बनिरहेको सन्दर्भमा तीजलाई सामूहिक र मौलिक तरिकाले मनाउने वातावरण सिर्जना गर्न कार्यक्रमले सघाएको राम्जालीको भनाइ छ ।
    पछिल्लो समय तीज पर्वमा भित्रिएको विकृति र विसङ्गितलाई हटाउन म्याग्दीमा मौलिक र रचनात्मक ‘तीज गीत प्रतियोगिता’ आयोजना हुन थालेका छन् । अखिल नेपाल महिला सङ्घ म्याग्दीले मङ्गलबार बेनीमा आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगितामा ३१ टोलीको सहभागिता थियो । प्रतियोगितामा सहभागी महिलाहरुले महिला सशक्तीकरणको विषयमा आफ्ना प्रस्तुति राखेका थिए । म्याग्दीलगायत क्षेत्रमा गुञ्जने पुराना भाकामा सहभागीहरुले तीज गीत प्रस्तुत गर्दा कार्यक्रम सङ्गीतमय बनेको थियो ।
    प्रतियोगितामा मङ्गला गाउँपालिका–१, कुहुँकी हिरा किसान प्रथम, क्षत्री समाज म्याग्दी द्वितीय, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दी तृतीय, गणेशथान आमा समूह जलजला–७, मिलनचोक पर्वत र जामुनाखर्क मावि अर्थुङ्गेकी गरिमा परियार सान्त्वना हुनुभएको छ । विजयी टोलीहरुलाई नगद क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार र रु तीनरतीन हजार सहित प्रमाणपत्रले पुरस्कृत गरिएको सङ्घका सचिव देवकुमारी पुनले जानकारी दिनुभयो ।
    तीज पर्वका अवसरमा आयोजना गरिएका प्रतियोगिताले पुराना र मौलिक भाकाहरुको संरक्षण गर्न सघाउ पुर्‍याएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो । कार्यक्रममा निर्णायकको भूमिका निभानुभएका जिसीले तीज गीत प्रतियोगिताले जिल्लामा रहेका पुराना र मौलिक भाकाको संरक्षण र प्रवर्द्धन गर्न सघाउनाका साथै साङ्गीतिक उत्सवमा पर्व मनाउने वातावरण सिर्जना गरेको उल्लेख गर्नुभयो ।
    “पहिले ठाउँठाउँमा तीज मेला लाग्ने गथ्र्यो, ती मेलामा तीज गीत प्रतियोगिताहरु आयोजना हुन्थये । आजभोलि मेलामा खेलकुद गतिविधि र सङ्गीतको ‘ट्र्याक’मा गीत गाउने प्रचलन बढी छ”, उहाँले भन्नुभयो । तीजका अवसरमा जिल्लाको विभिन्न ठाउँमा परम्परागत मेलाहरु लाग्दै आएका छन् । ती मेलामा परम्परागत रुपमा हुने महिलाहरुको प्रत्यक्ष तीज गीत प्रतियोगिता भने हुन छाडेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.