सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अबको ३ दिनसम्म देशका ३० जिल्ला मनसुनको उच्च जोखिममा


  •    न्युजभित्तो/२२ असार २०८१, शुक्रबार १०:५४ 
  • काठमाडौं, २१ असार । ४ प्रदेशका ३० जिल्ला मनसुनको उच्च जोखिममा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    महाशाखाले बिहीबार साँझ जारी गरेको बुलेटिनअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरु धेरै जोखिममा छन्।

    कोशी प्रदेशका अधिकांश जिल्लाहरु मध्यम जोखिममा छन् । मधेसको १, बागमतीको ७, गण्डकीका ३, लुम्बिनीका २, कर्णालीका ३ र सुदूरपश्चिमको १ गरी ३४ जिल्ला मनसुनको मध्यम जोखिममा छन् ।

    मधेस र बागमतीका गरी १३ जिल्ला मध्यम जोखिममा रहेका छन् ।

    मनसुनको न्यून चापीय रेखा नेपालको दक्षिण भूभाग सिमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

    आजबाट ३ दिनसम्म पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको महाशाखाले जनाएको छ । शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन९जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन तथा पूर्व तयारी गर्नुहुन आग्रह पनि गरिएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.