अबको ३ दिनसम्म देशका ३० जिल्ला मनसुनको उच्च जोखिममा
न्युजभित्तो/२२ असार २०८१, शुक्रबार १०:५४
काठमाडौं, २१ असार । ४ प्रदेशका ३० जिल्ला मनसुनको उच्च जोखिममा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले बिहीबार साँझ जारी गरेको बुलेटिनअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरु धेरै जोखिममा छन्।
कोशी प्रदेशका अधिकांश जिल्लाहरु मध्यम जोखिममा छन् । मधेसको १, बागमतीको ७, गण्डकीका ३, लुम्बिनीका २, कर्णालीका ३ र सुदूरपश्चिमको १ गरी ३४ जिल्ला मनसुनको मध्यम जोखिममा छन् ।
मधेस र बागमतीका गरी १३ जिल्ला मध्यम जोखिममा रहेका छन् ।
मनसुनको न्यून चापीय रेखा नेपालको दक्षिण भूभाग सिमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।
आजबाट ३ दिनसम्म पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको महाशाखाले जनाएको छ । शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन९जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन तथा पूर्व तयारी गर्नुहुन आग्रह पनि गरिएको छ।